अपडेट 
२०७८ चैत्र २६, शनिबार ०८:३९

राजविराज । सप्तरी जिल्लामा १ लाख ८० हजार भन्दा बढी बालबालिकालाई खोप दिईने लक्ष्य लिइएको छ ।

शुक्रबार राजविराजमा रहेको केशोवत्ती अनिरुद्ध माध्यमिक विद्यालयमा एक समारोहबीच मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले अभियानको शुभारम्भ गरेका छन् । शुक्रबार सप्तरी सदरमुकाम मन्त्री साहले खोप अभियान लेखिएको ब्यानर पढेर अभियानको शुभारम्भ गरेका थिए । सो अवसरमा मन्त्री साहले टाईफाइड रोग नियन्त्रणका लागि थालिएको अभियानमा सघाउन सबैसंग आग्रह गरे । सीमित समयमा सबै बालबालिकालाई खोप लगाउनु जटिल कार्य भएपनि असम्भव भने नभएको भन्दै उनले यस कार्यमा संचारकर्मी देखि आम सचेत नागरिक र संघ संस्था सबैले सहयोग गर्नू पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले जिल्लामा दुई चरणमा संचालित हुने अभियान अन्तर्गत १ लाख ८० हजार १ सय ४७ जना बालबालिकालाई खोप दिइने लक्ष्य राखिएको जानकारी दिए । सोका लागि जिल्लाका १८ वटै स्थानीय तहमा तालिम प्राप्त १८ जना स्वास्थ्य शाखा प्रमुख, १ सय ५९ जना स्वास्थ्य संस्था प्रमुख, २ सय ९१ जना खोपकर्मी,१ हजार ७८ जना स्वयसेविका र १ हजार १ सय २५ जना शिक्षिका स्वयंसेविका गरी कूल २ हजार ६ सय ७१ जनशक्ती परिचालन हुने उनको भनाई छ । शुक्रबारै जिल्ला स्वास्थ्य कार्यालयले अभियानको विषयमा संचारकर्मीहरु संग अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख यादवले टाईफाईड खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको बताउँदै जिल्ला भरिका १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई दिइने खोप अभियानको व्यवस्थित प्रभावकारी संचालन र आमजनमानसमा आश्वस्तताका लागि सहजीकरणको भूमिकामा सहयोग गरी दिन संचारकर्मीहरु संग आग्रह गरेका छन् ।

अभियानबाट कोही पनि बालबालिका नछुटुन भन्ने उद्देश्यले विद्यालय र स्वास्थ्य संस्थाको खोप केन्द्र गरी जिल्लामा १ हजार १ सय २५ खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News