स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिकाको मेयर पदका लागि रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन ।
पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौ भने मुल नाराका साथ महतोले मेयर पदका लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन । शनिबार पत्रकार सम्मेलनमार्फत जनकपुरधामको समुचित विकासका लागि आफूले कन्स्ट्रक्सनको काम नयाँ पुस्तालाई हस्तान्तरण गरेर जनकपुरधामको मेयर पदकालागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेको जानकारी गराएका हुन ।
पत्रकार सम्मेलनमा बोल्दै महत्तोले, कुनै पनि दलमा लागेपछि समाजसेवा गर्न सक्ने अवस्था नदेखेपछि आफूले स्वतन्त्रबाटै चुनाव लड्ने मनसाय बनाएको जानकारी दिए । महतोले अब आफ्नै नगरलाई सफा, सुन्दर र आकर्षक बनाउने अभिप्रायले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले बताए ।

