२०७८ चैत्र २७, आईतवार ०८:०४

बारा जिल्लामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।

यस वर्ष जिल्लाका किसानहरुले प्रति हेक्टर ३ मेट्रिक टनको दरले गहुँ उत्पादन गरेको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । जिल्लाको २९ हजार ७ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको र सोबाट कूल ८९ हजार १ सय मेट्रिक टन उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले बताए । जिल्लामा किसानहरुले भृकुटी, आदित्य, नेपाल ९७१, २९७, डब्लु १४०४ प्रजातिको बीउबाट गहुँ खेती गरेका थिए । नगदेबाली मात्रै नभइ परम्परागत खेतीमा पनि अब्बल मानिएको सर्लाही जिल्लाको एक्का दुक्का ठाउँ बाहेक हरेक क्षेत्रमा गहुँको खेती हुने गरेको छ । समयमा वर्षा भएको गत बर्षको तुलनामा यस बर्ष उत्पादकत्वमा वृद्धि भएको प्रमुख यादवले बताए ।

जिल्लामा उत्पादित गहँु कलैया बजारमा प्रति क्विन्टल ३ हजारको दरले बिक्री भइरहेको छ । गत बर्ष कृषकहरुले विभिन्न जातको गहँु कूल २९ हजार ५ सय हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर २ दशमलव ८ मेट्रिकटन उत्पादन गरी कूल ८२ हजार ६ सय मेट्रिकटन गहँु उत्पादन गरेका थिए । उचित मल खादको अभाव हुँदा पनि उत्पादनमा भने ह्रास नआउनुले आवश्यक मलखाद लगायतको व्यवस्थापन सहज रुपमा गर्न सकिए जिल्लामा यस भन्दा दोब्बर गहँु उत्पादन गर्न सकिने सर्लाही बलराका किसान मोहित झा भन्छन् । उनी भन्छन्,‘सीमावर्ती भारतको बजारबाट जसो तसो खाद ल्याउनु पर्ने बाध्यता तथा आकाशे पानीकै भरमा सिँचाईको अवस्थामा पनि हामीले राम्रै गहुँ उत्पादन ग¥यौं तर अझै पनि उत्पादकत्व बढाउन सकिन्छ।’ गहँुमा अनिवार्य दुई पटक सिँचाई गर्नु पर्ने भएकोले सरकारले सिँचाईको बन्दोवस्त गर्न सके सर्लाही जिल्लामा रेकर्ड गहुँ उत्पादन हुन सक्ने सम्भावना किसानहरु बताउँछन् ।

यता प्रमुख यादवले पनि बीउ बिजनको अभाव तथा सिँचाईको अभावले किसानहरुलाई खेती गर्न विभिन्न प्रकारको समस्याहरु भोग्नु पर्ने बाध्यता रहेको बताए ।

Comment


Related News

Latest News

Trending News