२०७८ चैत्र २७, आईतवार ०८:१४

नेपाल आइस टी ट्वेन्टी क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । शनिबार सम्पन्न उद्घाटन खेलमा लखौरी टोलीलाई पराजित गर्दै परिवार क्रिकेट टोली विजयी भएको छ ।

टस जितेर बल्लेबाजी गर्दै १६.२ ओभरमा सबै विकेट गुमाएर लखौरीले मात्र ६७ रन जोडेको थियो । परिवारका राहुल शर्माले शानन्दार बलिंग गर्दै चार ओभरमा २० रन दिएर ४ विकेट लिएका थिए भने सुनिल यादवले ३.२ओभरमा ११ रन खर्चिंदै तीन विकेट लिन सफल भएका थिए । त्यस्तै राजीब यादवले एक मेडन ओभर गर्नुका साथै ४ रन दिएर दुई विकेट लिन सफल भएका थिए । ६८ रनको विजय लक्ष्य लिई मैदानमा उत्रेको परिवार क्रिकेट टिमले ११.३ ओभरमै मात्र दुई विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो । गेंदबाजीमा उत्कृष्ट प्रदर्शन गरेका राहुल शर्माले २ ९ बलमा तीन चौक्का र एक छक्काको मद्दतले ३२ रन जोडेका थिए । अलराउण्डर शर्माले नै आजको म्यान अफदी म्याच हात पारेका छन् । विभिन्न १६ वटा टोली सहभागी रहेको यस प्रतियोगितामा आइतबार दुई वटा खेल हुनेछ । आइतबार बिहान ९ बजेदेखि बगेवा क्रिकेट टिम र रोयल जनकपुरबीच प्रतिस्पर्धा हुने छ भने दिउँसो १ बजेदेखि भारत बिहारको जयनगर क्रिकेट टिम तथा एफ डीसी क्लबबीच प्रतिस्पर्धा हुने जनाइएको छ । यस अघि स्थानीय रंगभूमि मैदानमा आयोजित एक समारोहबीच समाजसेवी तथा निर्माण व्यवसायी दिपेन्द्र ठाकुरले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटनमा उनले खेलकुदले युवाहरुमा सकारात्मक सोंचको विकास गर्ने भएकोले खेलकुदको गतिविधि तर्फ स्थानीय तहले अभियान नै चलाउनु पर्ने आवश्यकता औंल्याए । पूर्व खेलाडि समेत रहेका ठाकुरले खेलकुद गतिविधिमा ल ा ग े क ा युवाहरुलाई प्रोत्साहन गर्न समाजका सबै वर्गको दायित्व रहेको बताउँदै खेलकुदले व्यक्तिमा अनुशासनको पालना तथा शारीरिक र मानसिक रुपमा स्वस्थ्य बनाउने भएकोले यसको महत्वलाई शब्दमा बयान गर्न नसकिने उल्लेख गरे । सभ्य समाज निर्माणका लागि समेत खेलकुदको गतिविधिले महत्वपूर्ण योगदान दिने भएको बताउँदै उनले भने,‘कुनै बेला जनकपुरधाम क्षेत्र विभिन्न खेलमा उत्कृष्ट खेलाडि उत्पादन गर्ने हब नै थियो तर केही दिन यतादेखि खेलकुदको गतिविधिमा सुस्तता आएको छ तर यसलाई सुधार गर्न सकिन्छ ,सकारात्मक सोंचको विकास जरुरी छ ,जनकपुरधाम हिजो पनि अब्बल थियो र भोली पनि अब्बल रहनेछ भन्ने मेरो विश्वास छ ।

’ खेलकुदको गतिविधिमा सुस्सता आएकै कारण कतिपय युवाहरु कुलतमा फँसेर जीवन नै तहस नहस भएको उदाहरणहरु देखाउँदै उनले युवाहरुलाई कुलतमा लाग्न नदिन पनि खेलकुदले उल्लेखनीय योगदान दिने गरेकोले यस तर्फ सम्बन्धित सबै पक्षको ईमान्दार प्रयास आवश्यक रहेको समाजसेवी ठाकुरको धारणा थियो । सामाजिक अभियन्ता सरोज कुमार मिश्रको स ित्र m य त ा म ा भएको सो क ा र्य त्र m म म ा ज न क प ु र ध ा म उपमहानगरपालिका वार्ड नम्बर ७,८,९ तथा १०का वडाध्यक्षहरु युवा नेता राजु चौधरी ,रेफ्री कैलाश कुमार यादव,पूर्व खेलाडि शोभाकान्त पाण्डे(गुड्डु),जिप्रका धनुशाका प्रहरी उपरीक्षक, इंजीनियर्स एसोसिएशनका प्रदेश अध्यक्ष गौरी पंडित, ने.बि. प्रा राष्ट्र कर्मचारी यूनियन प्रदेशका अध्यक्ष संतोष मान सिंह, दिनेश सिंह, एनएमबी बैंकका प्रमुख मिथिलेश झा लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News