२०७८ चैत्र २७, आईतवार ०८:५५

बाराको पथलैयाबाट प्रहरीले दुई लाख बराबरको अवैध भाडाकुँडा नियन्त्रणमा लिएको छ ।

पथलैया प्रहरी चौकीका प्रहरी टोलीले चेक जाँचको क्रममा एक यात्रुबाहक बसबाट अनलाईन बिल नभएको भन्दै सो भाडाँकुँडा नियन्त्रणमा लिएको हो । नियमित प्रहरी चेकिंग टोलीले चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डु तर्फ जाँदै गरेको मे.१.ख.२०८५ न.को बसको डिकीमा लुकाई छिपाई लग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको भाँडाकुँडामा झरकाको ठूलो थाल ६७ थान ,झरकाको सानो थाल ७५ थान ,झरकाको कचौरा २ सय ३ थान ,झरकाको ठूलो,सानो करुवा २६ थान , झरकाको लोटा ८ थान र झरकाको पाथी ठूलो,सानो २१ थान रहेको छ । बरामद गरिएको मालसमानको मुल्य करिब दुई लाख रुपैयाँ रहेको छ । प्रहरीले बरामद समानलाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश थापाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News