२०७८ चैत्र २७, आईतवार १५:५४

भारत का चर्चित सन्त शंकराचार्य स्वामी निश्चलानन्दले नेपाल अहिले पनि हिन्दु राष्ट्र रहेको दाबी गरेका छन ।

रामनवमीको अवसरमा जनकपुरधाम आउनुभएका सन्त शंकराचार्यले जनकपुरधामको जानकी मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा नेपाल अहिले पनि हिन्दु राष्ट्र नै रहेका उद्यघोष गरेका हुन । धार्मिक ग्रहन्थहरुमा समेत नेपाल हिन्दु राष्ट्र भएको उल्लेख रहेकोले, कुनै नेता अथवा व्यक्ति विशेषले भनेर मात्र नेपाल हिन्दु राष्ट्र हुने भन्ने कुरामा नलाग्न र नेपाल हिन्दु राष्ट्र रहेकोमा सबैले गर्भ गर्न उहाँले बताउनुभयो । सन्त शंकराचार्यले, नेपाल छिमेकी राष्ट्र चिनको अधिनमा नपुगोस भनी सबैलाई सचेत गराउनुभयो । सबै धर्महरुको पूर्वज हिन्दुनै थिए र केहि समयपछि संसारका थुप्रै देशहरुले आफूलाई हिन्दु राष्ट्र घोषण गर्ने सन्त शंकराचार्यले दाबी गर्नुभयो ।

एक फरक प्रसंङमा बोल्दै सन्त शंकराचार्यले केपी ओली र पुष्पकमल राज दहाल प्रचण्डलाई साबधान गराउनुभयो । उँहाले शरीर छोडेपछि धर्म मात्र काम लाग्ने र अहिले ओली र प्रचण्डले गदै आएको उदण्डता पछि कुनै काम नलाग्नै भन्दै सावधान गराउनुभयो ।

सन्त शंकराचार्यले आधुनिक विज्ञानको खोज र सिद्धान्तहरु हिन्दु धर्मका विभिन्न वेद पुरान र पुस्तकहरुबाट लिएको दाबी गर्नुभयो । आजका वैज्ञानीकहरुले गर्ने खोज, हिन्दुधर्मका पुस्तकहरुमा लाखौं करोडौ वर्ष पहिला देखि उल्लेख रहेको र त्यही बाट पढेर विभिन्न खोजको नाम आज वैज्ञानिकहरुले दिँदै आएको बताउनुभयो ।

सन्त शंकराचार्यको आज जनकपुरधाममा थप केहि कार्यक्रमहरु रहेको छ भने भोली पुनः भारत फर्किने कायक्रम रहेको छ ।

Comment


Related News

Latest News

Trending News