२०७८ चैत्र २८, सोमबार ०७:४०

गौर । नेपाली कांग्रेसका नेता एवं जिल्ला कार्य समिति रौतहटको निर्वाचित जिल्ला सचिव रामचन्द्र गिरीको विवादित अभिव्यक्तिले इशनाथ नगरपालिकामा पार्टी भित्रै द्वन्दको वातावरण सृजना गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने उद्देश्यले केन्द्रीय कार्यालय निर्णय गरेको घर घर जाउँ कांग्रेस जिताउ अभियान अन्तर्गत इशनाथ नगरपालिकामा आयोजना गरिएको समापन कार्यक्रममा गिरीले पूर्व प्रत्याशी कौशला देवी सिन्हा नै आउने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुने गरेको घोषणा सहितको वक्तव्यले कांग्रेस कार्यकर्ता अन्योलमा परेका छन् । एक परिवारमा नै सबै पदको उम्मेदवार बनाउने कांग्रेसको इतर पक्षको नेताको सार्वजनिक अभिव्यक्तिले संस्थापन पक्षमा रहेका कार्यकर्ताहरु आश्चर्यमा परेका हुन् । संस्थापन पक्षबाट महिला उम्मेदवार अन्जु झा निर्वाचनको तयारीमा लागेकोले आधि भन्दा बढी कार्यकर्ताहरु झा को पक्षमा रहेका छन् । जिल्ला सचिव गिरिको अभिव्यक्तिले पार्टी भित्रै दुइ गुट निर्माण हुने संकेत सृजना गरेको छ ।

स्थानीय तहमा आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्ने निर्णय सत्ताधारी गठवन्धनले गरेको बेलामा बिना कुनै निर्णयको मंचबाट घुमाउरो पारामा कौशल्या देवी सिन्हालाई नै उम्मेदवार बनाउने गिरिको घोषणाले पार्टी लाइ अपुरणीय क्षति पुग्न सकिने स्थानीय कांग्रेसका नेताहरुको भनाइ रहेको छ । निर्वाचनको लागि कौशल्या देवी सिन्हा र अन्जु झा दुवै जना आ–आफ्नो प्रचार प्रसारमा लागेका छन् । पार्टी भित्र दुई आकांक्षी भएको अवस्थामा सहकार्य सहमतिको वातावरण बनाउनु पर्नेमा आफ्नो पक्षको व्यक्तिलाई स्टेजबाट पर्यवेक्षकको सामुने घोषणा गर्नुले द्वन्दको वातावरण हुन् सकिने पार्टी कार्यकर्ताहरुको टिप्पणी रहेको छ । धेरै दिन देखि गाउँ गाउँमा पार्टीको संगठन बनाउने कार्यमा सक्रिय भूमिका निर्वाह गरेकी अन्जु झाले पार्टीले आफूलाई उम्मेदवार बनाउनेमा पूर्ण विश्वस्त रहेकी छिन् ।

सधै एक परिवारले पार्टीको सवै पद पाउने कुरोले स्थानीय कार्यकर्ता दुखित भएर नयाँ नेता र परिवर्तन हुनु पर्ने अडानमा रहेको छ । २०७४ सालमा मेयरमा पराजित भएकी सिन्हाले पार्टीले उम्मेदवार नबनाए पार्टी परित्याग गर्ने मनसाय लिएर पार्टीका नेतामाथि आफ्नो दवाव कायम राखेकी छिन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=3s

Comment


Related News

Latest News

Trending News