अपडेट 
२०७८ चैत्र २८, सोमबार १६:४५

नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ३ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ हजार १ सय ७२ एन्टीजेन परिक्षणमा कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७४ जना निको भएका छन् ।

हाल नेपालमा ५ सय ६८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News