अपडेट 
२०७८ चैत्र २९, मंगलवार ०७:४२

जनकपुरधाम । जनकपुरधाममा अत्याधुनिक क्यान्सर अस्पतालको निर्माण हुने भएको छ ।

विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले दुई सय शैय् याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका) संगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी)ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्न लागेको फाउन्डेशनका अध्यक्ष डा.विनय साहले जानकारी दिए । डा साहले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए । उनले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो अस्पतालको शिलान्यास गर्ने जानकारी दिँदै डा शाहले भने, ‘यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको छ । उनीहरूको नवीनतम् डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ’ । पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुने बताउँदै उनले सन् २०२५ सम्ममा एक सय शैय्याको भवन निर्माण सम्पन्न भइसक्ने जानकारी दिए । अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको जानकारी दिइएको छ ।

बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । हाल जनकपुरधाम मा बिटिएफसिसी को २५ श्ययाको अस्पताल सञ्चालनमा रहेको छ । जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन् । विनयतारा क्यान्सर ट्रष्ट (बिसिटी) का अध्यक्ष डा योगेन्द्रप्रसाद सिंहका अनुसार यस क्षेत्रमा स्तरीय क्यान्सर सेन्टर खोल्नाले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभइ आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि परिवर्तन ल्याउन सक्नेछ हुनेछ । विनयतारा क्यान्सर ट्रस्ट २०७५ गैर नाफामुखी संस्थाका रूपमा स्थापना भएको हो । स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न समर्पित यस ट्रस्टले २०७५ साल मंसिरदेखि विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको छ ।

Comment


Related News

Latest News

Trending News