२०७८ चैत्र ३०, बुधबार ०७:४०
धनुषाको ढल्केवरबाट जनकपुरधाम सडक खण्डमा एउटा मिक्चर मेसिन युक्त सवारी दुर्घटनाग्रस्त हुँदा एक जना सख्त घाइते भएका छन् ।
मंगलबार बिहान ढल्केबरबाट जनकपुरधाम तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०४४२ नम्बरको मिक्सर मिथिला नगरपालिका–८मा अनियन्त्रित भइ सडक नजिकको नालामा पल्टिएर दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी सो मिक्चरका चालक मिथिला नपा– ८ का ३३ वर्षीय समिर बुढा मगर घाइते भएका छन् । प्रादेशिक अस्पताल जनकपुरधाममा उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=hd4sIgvcOh8

