२०७८ चैत्र ३०, बुधबार १५:००
सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त हुनुभएकाे छ।
वरिष्ठतम् एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद खाली थियो।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको गृहमन्त्रालय स्राेतले
जानकारी दिएकाे छ।
केसीले १९ दिन मात्र सशस्त्र प्रहरी महानिरीक्षकको पद बहाली गर्नेहुने र त्यसपछि अनिवार्य अवकास पाउनु हुने बताइएकाे छ।

