बारा जिल्लामा दलहन उत्पादनमा कमी आएको छ । आर्थिक बर्ष २०७८÷७९ मा जिल्लामा विभिन्न जातको दलहन खेती गरी १० हजार ३ सय ९५ मेट्रिकटन दलहन उत्पादन भएको कृषि ज्ञानकेन्द्र कलैयाले जनाएको छ ।
यस बर्ष कुसमयमै वर्षा भएकोले दलहन खेतीमा क्षति भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए । विभिन्न जातको दलहन कूल ११ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर जिरो दशमलव ९० मेट्रिकटनले १० हजार ३ सय ९५मेट्रिकटन दलहन उत्पादन भएको छ । गत बर्ष २०७७÷७८मा जिल्लाका कृषकहहरुले विभिन्न जातको दलहन ११ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर जिरो दशमलव ९६ मेट्रिकटन दलहन उत्पादन गरेका थिए । गत बर्षको तुलनामा यस वर्ष उत्पादनमा कमी आएको देखिएको छ । खेतीमा मधेश प्रदेशकै खेतीयोग्य जग्गाको धनी बारा जिल्ला दलहन खेतीको लागि समेत उपयुक्त रहेको विज्ञहरुको ठहर छ ।

