२०७९ बैशाख १, बिहीबार ०७:२८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले जनता कसैको पेवा नभएकाले प्रत्येक पाँच बर्षको निर्वाचनमा देशलाई निकास नदिने पार्टीको विकल्प रोज्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सोमबार जितपुरसिमरा उपमहानगरपालिका डुमरवानाको पार्टी कार्यालय उद्घाटनको क्रममा लिङ्गदेनले सो आवश्यकता औंल्याए । आसन्न स्थानीय तहको निर्वाचनमा जनताहरु कांग्रेस, एमाले, माओवादी जस्ता ठूला पार्टीको गोठको गाईवस्तु जस्ता नहुन आग्रह गरे । आगामी स्थानीय निर्वाचनमा पहिला जस्तै युवाहरुले आफनो अमूल्य भोट किनबेच गरेमा युवाहरुले दुख भोग्नु पर्ने बाहेक केही नहुने बताए । युगौदेखि किसानको समस्या यथावत रहेको बताउँदै संघीयता र भ्रष्ट नेताहरुका कारण देशको अर्थतंन्त्र जोखिममा परेको लिङ्गदेलले दाबी गरेका थिए ।

Comment


Related News

Latest News

Trending News