२०७९ बैशाख १, बिहीबार ०७:४६

जिल्ला फुटबल संघ सप्तरीको नेतृत्वमाथि किर्ते गरी निर्वाचन गराउन लागेको आरोप लगाइएको छ ।

बुधबार संघमा आवद्ध एक दर्जन क्लबले पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन् । संघमा आवद्ध जनज्योति युवा क्लब, प्रोग्रेसिभ युवा क्लब, युवा खेलकुद मंच, हिरोज स्पोटिंग क्लब, क्रिएटिभ युवा क्लब, नमोबुध युवा क्लब, हिमालय क्लब लगायतका क्लबका पदाधिकारीले किर्ते गरी गोप्य ढंगले गराउन लागेको संघको निर्वाचन रोक्न र सो को छानबिनको माग अघि सारेको छ । संघले किर्ते गरी तयार पारिएको मतदाता नामावलीको आधारमा २०७९ बैशाख १ गते निर्वाचन गराउन लागेको खबर पाएका छौं, पत्रकार सम्मेलनमा जनज्योति क्लबका सचिव नवराज अधिकारीले भने“आफ्नो अनुकूल नेतृत्व ल्याउन अवैध र गोप्य ढंगले गर्न लागेको निर्वाचन कुनै पनि हालतमा स्वीकार्य छैन । उनले क्लबको पूर्ण बैठकबाट निर्णय गरी मताधिकारका लागि संघमा बुझाएको मतदाताको नाम परिवर्तन गरी अध्यक्ष देवेन्द्रमान सिंह वस्नेतले आफु खुशी नाम परिवर्तन गरी मतदाता नामावली तयार पारेको दाबी गर्दै प्रमाणका रुपमा संघद्वारा तयार पारिएको मतदाता नामावली र आफ्नो क्लबले निर्णय गरी पठाएको व्यक्तिको नाम र निर्णय पुस्तिका समेत सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा खडक नगरपालिका स्थित नमोबुद्ध क्लबका मताधिकार प्राप्तकर्ता एवं फुटबलका प्रशिक्षक रमेश श्रेष्ठले आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउन संघका अध्यक्ष बस्नेतले विपक्षमा देखिएका क्लबहरुको मताधिकार प्राप्त कर्ता व्यक्तिहरुको नाम रातारात किर्ते गरी परिर्वतन गरेको दाबी गर्दै सोको उच्चस्तरीय छानबिन हुनु पर्ने माग गरे ।

उनले एन्फाको विधिविधान विपरीत आवध क्लबहरुलाई कुनै जानकारी नै नदिइ गर्न लागिएको गोप्य चुनाव नरोकिए अख्तियार देखि अदालत सम्म जाने चेतावनी दिए । पत्रकार सम्मेलनमा हिमालय क्लबका उपसचिव शैलेन्द्र कुमार दास, प्रोग्रेसिभ युवा क्लबका उपाध्यक्ष एक्शन कुमार लेखी, श्री युवा खेलकुद मञ्चका अध्यक्ष धु्रब नारायण चौधरी, हिरोज स्र्पाेटिंग क्लबका सचिव चन्द्र किशोर चौधरी र क्रिएटिभ युवा क्लबका कोषाध्यक्ष हरिहर कुमार चौधरी लगायतले पनि बोल्दै संघको. निर्वाचन रोकी निर्वाचन प्रक्रियाको सम्पूर्ण छानबिन र दोषीमाथि कारवाहीको माग गरेका छन् । यता क्लबहरुका आरोपबारे जिज्ञासा राख्दा फुटवल संघका अध्यक्ष देवेन्द्रमान सिंह बस्नेतले सो आरोपहरु निराधार भएको र निर्वाचन प्रक्रिया विधि सम्मत ढंगले नै अघि बढाएको दाबी गरेका छन् ।

यसबारे संघका माहासचिव अमर खवास संग जानकारी माग्दा उनले आफुलाई संघको निर्वाचनबारे कुनै जानकारी नरहेको र सो बारे अध्यक्षसंग नै सम्पर्क गर्न जवाफ दिए ।

Comment


Related News

Latest News

Trending News