अपडेट 
२०७९ बैशाख १, बिहीबार १७:०६

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ४७९ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News