अपडेट 
२०७९ बैशाख २, शुक्रबार ०८:२७

जनकपुरधाम । नेकपा एमालेका नेता हकिम राईनले पार्टीका जिल्ला समितिले जनकपुरधाम उपमहनगरपालिक मेयरमा आफ्नो नाम सिफारिस नगरेको गुनासो व्यक्त गरेका छन् ।

आफु पार्टीको सच्चा सिपाई भएको र पार्टीको लागि अनवरत रुपमा तन मन धनले काम गर्दै आएको भएपनि केही व्यक्ति जातिय भेदभाव गरी आफ्नो नाम सिफारिस नगरेको नेता राईनले आरोप लगाएका छन् । जनकपुरधाम उपमहनगरपालिकाका मुस्लिम समुदायको राम्रो उपस्थित रहेपनि पार्टीका केही नेताहरुले विभेद गरी आफ्नो नाम सिफारिस नगरेको उनले बताए । पार्टीका जिल्ला समितिले आफ्नो नाम सिफारिस नगरे पछि नेता राईनले पार्टीको प्रदेश कमिटी र जिल्ला कमिटीमा समेत निवेदन दर्ता गराएको बताए । समावेशि समानुपाति हिसाबले पनि मेयरमा नभएर उपमेयरमा पनि मुस्लिम सामुदायलाई टिकट दिनुपर्ने आफ्नो माग रहेको उनले बताए । जातीय विभेदकै शिकार भएर उनी तत्कालिन राजपावाट नेकपा एमालेमा प्रवेश गरेका थिए । उनीमाथि पटक पटक जातीय विभेद हुँदै आएको छ । उनी पार्टीकालागि सच्चा सिपाही रहेपनि उनीमाथिको विभेद चरममानै पुगेको जानकारहरु बताउँछन् ।

जनकपुरधाम उप–महानगरपालिका क्षेत्रका मुस्लिम समूदायमा अत्यधिक पकड रहेको हकिम राइनमाथि भई रहेको विभेदले जनकपुरधामको राजनीतिमा ठूलो फेरवदलको सम्भावना समेत देखिएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News