२०७९ बैशाख २, शुक्रबार ०८:३८

रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिकामा चुनावी सरगर्मी तीब्र रुप लिएको छ । स्थानीय तहको निर्वाचनको घोषणा हुनु पुर्व देखि नै तयारीमा जुटेकी महिला नेत्री अन्जु झा पार्टीको टिकटको पूर्ण दाबेदारी सहित आफ्नो प्रचार प्रसारलाइ तीब्रता दिएकी छिन् । नेपाली कांग्रेसका तर्फबाट २ जना महिला उम्मेदवार नगर प्रमुख पदको लागि पार्टी प्रति दाबेदारी प्रस्तुत गरि रहेको अवस्थामा कसलाई मेयरको आधिकारिकता प्रदान गर्ने भने विषयमा कांग्रेसलाइ सकस भएको छ ।

२०७४ सालको निर्वाचनमा कम मताअन्तरले पराजित भएकी कौशल्या देवी सिन्हाले आफ्नो दाबी पेश गर्दै चुनावी प्रचार प्रसारमा लागि परेकी छिन भने अर्का मेयर पदका आकांक्षी अन्जु झाले दौडाहा जारी राखेकी हुन् । इशनाथ नगरपालिका वडा नम्बर २ औरैयामा चुनावी रमझम देख्न पाउन सकिन्छ । दुवै महिला उम्मेदवार तथा अन्य पार्टीका उम्मेदवारहरुले ठाउँ ठाउँमा बाटोमा गेट बनाएर पोस्टर पम्प्लेट टाँसिएकोले चुनावी माहौल वनेको हो । नेकपा एमालेबाट मेयरमा दोस्रो पटक उम्मेदवारी दिने सन्तोष मेहताले पनि तयारीमा लागि परेका हुन् । कांग्रेसका दुवै महिला उम्मेदवारबाट पराजित हुने डर पैदा भएका मेहता र उनका समर्थकहरुले कांग्रेसले अन्जु झालाइ उम्मेदवार बनाए राम्रो हुने भनि प्रचार प्रसार गरिरहेका छन् । कौशल्या सिन्हालाई टिकट नदिए आफु स्वतः निर्वाचनमा सफलता पाउन सकिने सोच मेहताको रहेको छ । साढे ४ वर्षमा नगरपालिकामा १ किलो मिटर पनि बाटो कालोपत्रे बनाउन नसकेका मेयर मेहताको विरुद्ध मा स्थानीयहरु नेपाली कांग्रेसका तर्फ बाट अन्जु झा लाइ अघि सारेका छन् ।

सन्तोष मेहतालाई अन्जु झा सित डर भएको स्थानीय जवाहिर साहले बताएका छन् । साहका अनुसार कांग्रेस ले झा लाइ उम्मेदवार बनाए कांग्रेस जित्ने निश्चित रहेको छ ।

Comment


Related News

Latest News

Trending News