२०७९ बैशाख ३, शनिबार ०७:२८

सप्तरी जिल्लामा भएको आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

शुक्रबार जिल्लाको बोदेबरसाई नगरपालिका–१० मा आगलागी हुँदा शत्रुधन यादवको पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बोदेबरसाईन–१० अमरैया टोलका शत्रुधन यादव, मिन्टु यादव र ओम यादव तीनैजना दाजु भाईको संगोलमा रहेको कच्ची घरमा आगलागी हुँदा बालकको जलेर मृत्यु भएको जिप्रका सप्तरीका सूचना अधिकारी माधव प्रसाद काफ्लेले जानकारी दिए । त्यसैगरी आगलागीमा परेर १६ लाख भन्दा बढीको क्षति भएको छ । तीनै भाईको संगोलमा रहेको घरमा आगलागी हुँदा १२ लाख बराबरको र रघुनन्दन यादवको घरमा आगो लाग्दा ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सोही स्थानका जागेश्वर यादवको पक्की घरको एउटा झ्यालमा आगलागी हुँदा २० हजारको क्षति भएको छ । आगोलाई स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा एक घण्टाको समय लगाएर नियन्त्रणमा लिएको छ ।

Comment


Related News

Latest News

Trending News