अपडेट 
२०७९ बैशाख ३, शनिबार ०८:४६

वसन्त ऋतुको आगमन श्रीपञ्चमीदेखि हुने भएपनि यसको उत्कर्ष भने विक्रम सम्बतको आरम्भमामात्र देख्न सकिन्छ । वसन्तलाई ऋतुराजपनि भनिन्छ । सोह्रौ सृंगारमा सजिएकी प्रकृति रानीको सुन्दरता हेर्न लायक हुन्छ । यत्र तत्र वासन्ती फूलहरु फर्केका हुन्छन् । आमको मञ्जरी र महुवाको सुमधुर सुगन्धले वातावरयाा महमह हुन्छ । महुवाको रसपान गरेर मनमत्त भंवरा वौलाएका हुन्छन् । मनुवाहरुमा गजवको जोश हुन्छ अनि यस्तो कामूक वातावरणलाई चित्रण गर्दै महाकवि विद्यापति लेख्नु हुन्छ –

नव वृन्दावन नव नव तरुगण, नव नव विकसित फूल । नवल वसन्त नवल मलयानिल, मातल नव अलिकूल ।। विहरइ नवल किशोर ।।’

हो , यस्तो सुकोमल,सुमधुर र सुगन्धित मौसममा नयाँ वर्ष – २०७९ को थालनी भएको छ । बितेको (२०७८ )को समीक्षा पछि गरौला , पहिले नयाँ वर्षलाई स्वागत गरौं । अनि आशा गरौं आगत वर्ष वसन्त जस्तै सुन्दर हुनेछ । सुगन्धित हुने छ । अनि आमजनको आशा आकांक्षालाई संवोधन गर्न सफल हुने छ । विद्यापतिले कल्पना गरेको नव वृन्दावन जस्तै । तर कल्पना र यथार्थमा फरक हुदा रैछन् । नेपालमा अलि बढि नै । चार वर्ष अघिको निर्वाचनमा नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई बहुमत दिएर संसदमा पुर्याएका थिए । जनताको आशा थियो – प्रचण्ड,उपेन्द्र र पछि महन्थसमेतले समर्थन गरेको केपी शर्मा ओली नेतृत्वको सरकार संशोधन गरेर संविधानलाई सर्वग्राह्य बनाउने छ । संघीयता कार्यान्वयन गर्न कानूनहरु बनाउने छन् । अनि राज्यविहीनताको अवस्थामा रहेका जन्मसिद्ध नागरिकका सन्तानहरुलाई संवोधन गर्न नागरिकता विधेयक पारित गर्ने छ । तर तीन वर्षनबित्दै नेकपा भताभुंग भयो । अदालतको आदेशमा नेकपा फुटेर एमाले र माओवादी केन्द्र बन्यो । पछि एमाले फूटेर एकिकृत समाजवादी । मधेस केन्द्रित दुई दल मिलेर जनता समाजवादी निर्माण हुंदा मधेसभरि नै खुसियाली छाएको थियो तर ६ महिना नबित्दै जसपा दुई टुक्रामा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बन्यो । अचेल समाजवादी पार्टीबाट बृषेशचन्द लालको अध्यक्षतामा तराई मधेस लोकतान्त्रिक पार्टीको जन्म भई सकेको छ । राजनीतिक दल जति बलिया हुन्छन , लोकतन्त्र त्यतिनै बलियो हुन्छ । तर हायरे नेपाली जनता ! आमजनको सीता सवाल छ – राजनीतिक दलहरु आफ्नो कुकुरचालि कहिले छाडने होला ? २०७२ को संविधान जारी भएपछि भएको पहिलो पटक भएको तीनै चरणको निर्वाचनमा कम्युनिष्ट पार्टीहरुको दरिलो प्रभाव देखिएको थियो । स्थानीय तहका कुल ७५३ पालिकाहरुमध्ये नेकपा एमालेको २९५ र माओवादी केन्द्रको १०६ गरी नेकपा एक्लैले ४०१ पालिका फतह गरेको । त्यसपछि कांग्रेस २६६, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी ३४ र महन्थ ठाकुर नेतृत्वको राजपा २५ पालिकामाथि कब्जा जमाएको थियो । सातमध्ये ६ प्रदेशमा नेकपा एक्लैको सरकार थियो । अधिकांशमा दुई तिहाईको । तर नेकपा विभाजित भएपछि केपी शर्मा ओली नेतृत्वको संघीय सरकार धाराशायी भयो । सातमध्ये एउटै प्रदेश सरकारमा एमालेको नामोनिसान पनि छैन । यसरी हिरोबाट जिरोमा झर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली आत्ममन्थन गर्छन कि गर्दैनन् ? मलाई सोध्न मन लागेको छ । यता मधेस आन्दोलनका सहयोद्धा राजपाको सहयोगमा संघीय समाजवादी नेतृत्वको मधेस सरकारमा पनि सत्तागठबन्धन भताभुंग भएको छ । अचेल पुरानो राजपा र हालको लोसपा सरकार बाहिर छ । जसको विरोधमा मधेस आन्दोलन भएको थियो ती शक्तिहरु मधेस सरकारमा छन् । मर वा मारको नारा दिएर मधेसी जनतालाई आन्दोलनका लागी उक्साउने मधेसकेन्द्रित दलका नेताहरुको छेपारो प्रवृतिबारे मलाई भन्न मन लागेको छ – तपाईहरु जतिसुकै राष्ट्रिय पार्टी बन्ने ढोंग गर्नोस् । तपाईहरुको भोंटबैंक मधेस नै हो । यसपालीको निर्वाचनमा मधेसी जनतामाझ कुन एजेण्डा लिएर जानु हुन्छ ? जनताले तपाईलाई भोंट किन दिने ? वर्ष २०७८ धेरै अर्थमा असफल रह्यो भन्ने मेरो व्यक्तिगत ठहर छ । सुनको मूल्य १ लाख ५ हजारभन्दा माथि पुग्यो । ऐतिहासिक रुपमा पेट्रोलको मूल्य १६५ रुपियाँसम्म पुग्यो । भान्छा कोठामा प्रयोग हुने खाने तेलदेखि मसल्लासम्मको मूल्य आकाशिएको छ । बैंकहरुमा तरलता आभाव छ । ‘गाउँ गाउँमा सिंहदरवार’को परिकल्पना गरेर अधिकार सम्पन्न स्थानीय सरकार बनाइएको थियो तर पालिकाहरुका मेयर र अध्यक्षहरु आफै सिंह बन्ने । जनताले गाउ“मा दरवारको अनुभूति भने गर्न पाएनन् । यस चार वर्षमा संविधानमाथि पटक पटक आक्रमण भयो । केपी शर्मा ओली दुई दुई पटक संसद विघटन गर्नु भयो । वल्ल सर्वोच्चको आदेशमा संसद जोगिन पायो । व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका सरकारका तीन अंग मानिन्छन् । समग्रमा हेर्दा बितेको वर्ष तीनै अंग असफल भएको भान हुन्छ । व्यवस्थापिकाले जनहितका कानून बनाउन सकेन । कार्यपालिकाले बिग्रिदो अर्थतन्त्रलाई सहि बाटोमा डोर्याउन सकेन, शान्ति सुरक्षाको अनुभूति गराउन सकेन । सरकारी नियुक्तिमा जडो जमाई सकेको भाई भतिजावाद प्रवृतिलाई रोक्नुको सट्टा झन बलियो बनायो । न्यायपालिका भित्रको वेथिती पनि जनताको कान कानसम्म पुग्यो । प्रधान न्यायाधिश विरुद्ध सर्वोच्चका बहुमत न्यायाधिशहरुको लामो आन्दोलन,प्रधान न्यायाधिशमाथि महाभियोगआदिले आम नागरिकलाई सोध्न करै लागेको छ – ‘ अब मुलुकको कुनैपनि अंग स्वतन्त्र रहेनन् ।’ पछिल्लो पटक नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकारले जनताको यस प्रश्नलाई झन दरिलो बनाएको छ । यसरी वर्ष २०७८ लाई नियालेर हेर्दा मैथिलीका सुप्रसिद्ध गीतकार सियाराम झा सरसको गीत जस्तै लाग्छ –

सात भाग नोरक सागरमे एक भाग मुसकान जिन्दगी अनचिन्हार सन चैबटिया पर हेरए ठ’र ठेकान जिन्दगी ।। …………………… कहाँ देखै छी शिमला घाटी कहाँ कतौ बम्मइ चैपाटी । कहाँ कतौ गुलमोहर फुलाएल, अन्हड़–झक्खड़–पतझड़ आएल । एक पाइ भरि काश्मीर आ बाँकी राजस्थान जिन्दगी ।।

बिगतबाट सिक्ने , वर्तमानमा मिहिनेत गरेर भविष्यका सुन्दर सपनाहरु साकार गर्ने कलामा मनिस सुरदेखि नै माहिर छन् । र त आदिमानवसंगै जीवनको सफल सुरु गरेको कुकुर लंगोटसम्म लगाउन जानेन र मानिस नित्य चन्द्रमाको शैर गर्दैछन् । सबैलाई भलो होस् । सुस्वागत नव वर्ष–२०७९

Comment


Related News

Latest News

Trending News