२०७९ बैशाख ३, शनिबार १७:१२

रौतहटको चन्द्रपुर नगरपालिका ३ भोलनटारमा शनिवार दिउँसो आगलागी हुँदा ६ वटा र एउटा गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा भएका सवै सामानहरु जलेका छन् । स्थानीय हस्तबहादुर स्याङतानको घरमा लाइटर पड्केर आगलागी  सुरु भएको बताइएको छ ।

आगलागीबाट उनका दुईवटा घर र गोठ तथा छिमेकीका घर जलेर नष्ट भएका छन् । चन्द्रपुर, हरिवन , निजगढ नगरपालिकाका दमकल  पुगे पनि आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास भइरहेको प्रहरीले  जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News