२०७९ बैशाख ४, आईतवार ०७:४३

जनकपुरधाम ।स्थानीय तहको चुनावको मिति घोषणा भएर कार्यक्रम समेत सार्वजनिक भइसकेको बेला निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नै अन्यौल सृजना गर्ने अभिव्यक्ति दिन थालेका छन् ।

निर्धारित मितिमा चुनाव नहुने संशय उत्पन्नगर्दै उनले दिन थालेको अभिव्यक्तिले चुनावी माहौल मत्थर हुन सक्ने संभावना बढेको छ ।

निर्वाचन आयोगले शनिवार जनकपुरधाममा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, निर्धारित मितिमा नै चुनाव हुनेछ ।उनका भनाईले निर्धारित मितिमा चुनाव नहुने संभावना रहेको तर्फ संकेत गरेकोछ ।

‘निर्वाचनको मिति अब धकेलियो भने मुलुक ठूलो दुर्घटनामा फस्न सक्छ’ उनले भने, त्यसकारण निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्नुस् ।’ चुनावका लागि उम्मेदवार छनौटको प्रकृयामा दलहरु जुटिसकेको बेला थपलियाले चुनाव नहुने आशंका नगर्न आग्रह गरे ।

‘अब निर्वाचनको मिति चाहेर पनि सार्न सकिदैन्’ उनले भने, निर्वाचन निर्धारित मितिमा नै हुनेमा विश्वस्त हुनोस् ।तर चुनाव सार्न कसले चाहेको हो ?त्यो उनले खुलाएनन् ।निर्वाचन आयोगका प्रमुख आयुक्तले नै संशयपूर्ण अभिव्यक्ति दिएपछि चुनावबारे अन्योल र अनिश्चितता बढने नेताहरुले आरोप लगाएका छन् ।

‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथि गर्ने प्रयास गरियो भने दुर्घटना अवश्य नै हुन्छ ’ थपलियाले भने, त्यसैले निर्वाचन निर्धारित मितिमै हुन्छ ।’ ‘स्थानीय तहको निर्वाचनलाई तलमाथि गर्ने वा अन्य कुनै तरिकाले सारिनु भनेको दुर्घटना निम्त्याउनु हो ’ उनले भने, यो लोकतन्त्रको निम्ति अत्यन्त अप्रिय विषय हुनसक्छ ।

निर्वाचनसँग डराउनु पर्ने आवश्यकता नरहेको थपलियाले बताए ।सञ्चारकर्मीहरुलाई अभिमुखीकरणका लागि आयोजित कार्यक्रममा थपलियाले चुनाव हुने विश्वास दिलाउन नै सम्पूर्ण समय खर्चे ।कार्यक्रममा उनको अभिव्यक्तिले चुनावबारे अनेकौ आशंका उब्जाएको छ । यद्यपी उनले निर्वाचनको मिति सरकारले तय गरिसकेकोले तर्क वितर्कको आवश्यकता नरहेको बताए ।

प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन यसै वर्ष हुने दावीगर्दै आयुक्त थपलियाले भने, स्थानीय तहको चुनाव सार्ने बितिकै देशमा संकट उत्पन्न हुन सक्छ ।लोकतन्त्रलाई बलियो र संस्थागत गर्ने महत्वपूर्ण माध्यम चुनाव नै भएकाले यसमा सबैलाई भाग लिन उनले आग्रह गरे ।

नेपालमा २०७९ साल निर्वाचनको वर्ष भएको उल्लेखगर्दै उनले सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको औल्याए ।

गत वर्ष केपी शर्मा ओलीको सरकारले संसद विघटनगरि गरेको निर्वाचन घोषणा अनुसार थपलियाले चुनावमा होमिन सबैलाई आग्रह गरेका थिए ।उनले निर्वाचनको कार्यक्रमहरुपनि सार्वजनिक गरेका थिए ।तर ओलीले संसद बिघटन गर्न गरेको दुवै पटकको सिफारिसलाई सर्वोच्च अदालतले उल्टाइदिएको थियो ।देशमा संघीय संसदको निर्वाचन अब निर्धारित समयमै हुने छ ।

तत्कालिन प्रधानमन्त्री ओलीले थपलियालाई सचिवबाट सोझै प्रमुख निर्वाचन आयुक्त बनाएका थिए । स्थानीय निर्वाचनको विषयमा थपलियाले नै बिरोधाभाषपूर्ण वयान दिन थालेका छन् ।चुनाव हुने नहुने अब विषय नै नरहेको नेताहरु बताउँछन् ।

महोत्तरी जिल्लाका नेता ईञ्जिनियर देबेन्द्र यादवले भने, निर्वाचन आयोगको काम निर्धारित मितिमा चुनाव गराउने अर्जुनदृष्टि बाहेक अन्य केहि हुनु हुँदैन् ।प्रमुख आयुक्तले चुनाव हुने विश्वास र सफाइ दिनुपर्ने आवश्यकता नरहेको उनले बताए ।

 

Comment


Related News

Latest News

Trending News