२०७९ बैशाख ५, सोमबार १४:०२

सत्ता गठबन्धन दलको बैठक आज साँझ पुन: बस्ने गरी स्थगित भएकाे छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठक केही समयका लागि रोकिएको हो ।

गठबन्धनका शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभएकाे छ ।

बिहानदेखि चुनावी तालमेलका विषयमा छलफल जारी रहेकाे र अहिले लन्च ब्रेक भएको पुनकाे भनाइ छ ।

आआफ्नो दलमा छलफल गर्ने र बेलुकी पुनः संयुक्त बैठक बसेर चुनावी तालमेल टुंगो लगाउने तयारी गरिएकाे पुनले बताउनुभयाे ।

Comment


Related News

Latest News

Trending News