२०७९ बैशाख ६, मंगलवार ०७:१४

लहान । स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको लामो समय बितिसक्दा पनि सर्वसाधारणहरुले हतियार बुझाएका छैनन् ।

आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सिरहा प्रशासनले सूचना जारी गरी हतियार बुझाउन आदेश जारी गरेको थियो । जिल्लाभरिमा ३ सय १४ थान इजाजत प्राप्त हतियार (बन्दुक) रहे पनि अहिलेसम्म २२ थान हतियारमात्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यता प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सवै हतियार नआएको भन्दै अब गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम कारवाही गरिने बताएका छन् । जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र हातहतियार बुझाउन पत्र लेखेकोमा यस अवधिमा ३ सय १४ मध्ये २२ थान हतियारमात्रै प्राप्त भएको र बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने प्रजिअ कवारीले बताए । हातहतियार बुझाउन गत चैत ७ गते नै सूचना जारी गरिए पनि अझै सम्म हतियार नबुझाएकोले कारवाही गरिने उनले स्पष्ट पारे ।

Comment


Related News

Latest News

Trending News