२०७९ बैशाख ६, मंगलवार ०७:४७

जनकपुरधाम । जनकपुर उपमहानगरपालिका –१६की रुकशाना आजमीको दैनिकी आज भोली फेरिएको छ ।

प्रायः बिहान ६ बजे उठ्ने बानी भएकी उनी रमजान महिना सुरु भएदेखि बिहान दुई बजे नै ओछ्यान छाड्ने गरेकी छिन् । २७ वर्षिया आजमी एक दिन पनि नविराई रोजा गर्छिन । दुई बजे बिहानै उठ्ने बितिक्कै आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नु पूर्व बिहान खाने खाना ) तयार गर्छिन । उनी सेहरी खाई बिहानीको झिलिमिली सँगै रोजा व्रतमा बस्छिन् । त्यस्तै, जनकपुरधाम –५ की ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक वालिग महिला तथा पुरुषमाथि रोजा (व्रत) अनिवार्य गरिएको छ । रोजा बस्न औधी मनपराउने रहेनाका श्रीमान् जाकिर खान भने बिरामी भएकोले यस वर्ष एउटा पनि रोजा गर्ने सकेनन । ‘श्रीमान्लाई सधैं औषधि खानुपर्छ, डाक्टरले एक दिन पनि औषधि छाड्न भनेका छैन,रेहनाले भनिन्,‘जिउ नै सन्चो नभएपछि रोजा बस्ने कुरै भएन ।’बिरामी अवस्थामा रोजा गर्नु अनिवार्य छैन । राती २ बजे नै उठ्ने रहेना आफ्ना घरमा वस्ने भाडादार सहित छरछिमेकीलाई सेहरी (व्रत मा वस्नु पूर्व बिहान खाने खाना ) खानालाई जगाउने गर्छिन् ।

छिमेकमै सबभन्दा पहिलो रहेना सधंै उठ्ने गरेकी छिन् । त्यसैले सबैले उनलाई ‘ नमाजीवुआ’भनेर वोलाउंछन् । रेहाना तीन बजेसम्म छिमेकीहरुलाई जगाई रहंदा बुहारी समिमाले पाएकी सवैई, दुध,रोटी लगायतका खानेकुरा एक दम थोरै खान्छिन् । रेहनाले भनिन्,‘बिहान बिहान खाने मन मान्दैन तर के गर्ने पानी पिउनका लागि पनि थोरै खान्छु ।’बुहारीले खाना पकारहेकी बेला रेहना तस्वीह (धार्मिक माला) जप्दै मन्त्रहरु पढछिन् । भिलमिलिमै सेहरी खाएर रोजा सुरु गर्छु, उनले भनिन् । रोजा सुरु हुनु अघि खाइने खानेकुरालाई सेहरी भनिन्छ । सेहरी खाईसकेपछि नजिकका मस्जिदबाट अजान सुनेपछि वजु (शरीर सफा)गरी फ्रजको नमाज ( बिहानको प्रार्थना) पढ्दा सम्म उज्यालो भइसकेको हुन्छ । बिहान हुँदा उनी कुरान ( इस्लामको धार्मिक ग्रन्थ)को पाठ गर्ने गर्छिन । दैनिक पाँच पटक नमाज पढ्ने रेहनाले भनिन्,दिनभरि केहि नखाई, पानी पनि नखाई घरमै पाठ गरेको देखेर गैर मुस्लिम छिमेकीहरु आश्चर्य मान्छन् । रोजाका बेला सुर्यास्त नभएसम्म केही खानेकुरा खानु हँुदैन । बिर्सेर खाएमा रोजा टुटदैन तर जानीजानी खानपिन गर्नाले, शतिmवद्र्धक सुईलिनाले,वीर्य स्खलन गर्नाले, नशाबाट औषधि लिनाले वा ठूला्े बान्ता हुंदा रोजा भंग हुने मान्यता रहिआएको छ । सुर्यास्त भएपछि रोजा अन्त्य गरिन्छ । इस्लामिक धर्मगुरुहरुको अनुसार सामूहिक रुपमा रोजा खोल्दा धार्मिक हिसाबले राम्रो मानिन्छ ।

रमजान महिनामा इस्लामिक क्यालेण्डरको ९ औ महिना हो । मुस्लिम समुदायका लागि ‘रमजान’ले विशेष महत्व राख्दछ । अन्य महिना भन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुण बढी सवाव (पुण्य) प्राप्ति हुने जनविश्वास छ । रमजानकै २७ तारिखका दिन इस्लाम धर्माबलम्बीहरुको सबभन्दा ठूलो धर्मग्रन्थ पवित्र कुरान सरिफ नाजिल (अवितरित) भएकाले मौलाना इजराइल रिजवीले बताए । उनले अगाडि भने,‘ संसारको आवश्यकता अनुसार अल्लाहले एक–एक पराको रुपमा ज्ञान पठाई रहँदा २३ वर्षपछि मात्र पवित्र कुरानले पूर्णता पाएको थियो ।’ ‘यो महिना भरि नै जन्नत (स्वर्ग) का सात वटै ढोका खुल्ला रहन्छ भने जहनम (नक्र) का सबै ढोका बन्द रहन्छ,’उनले भने । यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा त्यति बरावरको सम्पति भएको खण्डमा अनिवार्य रुपमा जकात अर्थात दानका गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नु पर्ने हुन्छ । यसले गरिब र अशक्तहरुका लागि केही गरांै भन्ने सन्देश दिने गरेको छ ।

यसरी गरिब तथा असहायलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने नियम मानव जातिको लागि उत्तम रहेको खानले दाबी गरे । ‘कसैलाई सितैमा एक रुपैया दिन हिच्किचाउने समान्यतया मानव प्रवृति रहेको भएपनि इस्लामले सो प्रवृतिको कहिँ स्थान छैन, उनले भने । जकात (दान)का लागि प्रत्येक साल निकालिने रकम गरिब, असहायहरुमा खर्च गर्ने गरेको खानले उल्लेख गरे । ‘रोजाको मार्फत अरुको भोकको अनुभव हुन्छ,खानले भने,‘भोकै बस्नुपर्ने बाध्यता भएका गरिबहरुका मुस्लिमले आफ्नो कमाईको केही अंश सहयोग गरेर मानवीय सहयोग,समाजकल्याण तथा न्यायको कार्यमा लाग्न रमजानले प्रोत्साहन गर्छ ।’

Comment


Related News

Latest News

Trending News