२०७९ बैशाख ७, बुधबार ०७:१६

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेतालाई जोगाउनै हम्मेहम्मे परेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लोसपाबाट अत्यन्त प्रभावशाली मानिएको जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । लोसपाबाट मेयरको टिकट काटिने भेउ पाएका साहले स्वतन्त्र उम्मेदवारी दिन नगरको पाँचवटा वडामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । साहलाई मेयरको टिकट दिने विश्वसनीय अधार बनिनसकेको एमालेका नेताहरु बताउँछन् ।साह एमालेमा प्रवेश गरेपनि सचिव रघुबीर महासेठलाई उछिनेर गएकाले नगर समितिले सिफारिस गरेकै आधारमा टिकट वितरण गरिने एमाले नेताहरुको दावी छ । जानकीरामको एमालेले मैदानमा उतारे उपमहानगरको राजनीतिक समीकरण बदलिन सक्ने संभावना छ । जनकपुरधाम उपमहानगरपालिकामा दलीय र जातीय दुबै समीकरणको भूमिका प्रभावशाली रहँदै आएको छ ।

साहलाई एमालेकै महासेठ इतर समूहले काठमाण्डुमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट सदस्यता दिलाएका छन् । त्यसै गरी लोसपाबाट प्रदेशसभा सदस्यमा टिकट पाउने आश मारेर मैथिल ब्राम्हण महासभाका अध्यक्ष भगवान झाले पनि एमाले प्रवेश गरेका छन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट झाले लोसपाबाट प्रदेश सभामा भिड्ने तयारी गरेका थिए । तर उनी डेढ वर्षदेखि लोसपाको पक्षमा गरेको कामलाई‘ब्रेक’लगाउँदै एमालेमा समाहित भएका छन् । झाले रोजेको क्षेत्रमा एमालेको प्रभावशाली उम्मेदवार थिएनन् । ब्राम्हण सभाको नाममा सक्रिय रहेका झा गत वर्ष असार महिनामा नेपाल सरकारको सिंचाईबाट अवकाश प्राप्त गरेका थिए ।उनी सिंचाई धनुषाका प्रमुख भएपनि मुख्यमन्त्री कार्यालयको स्वच्छता अभियान, आन्तरिक मामिला लगायतका निकायहरुको प्राविधिक सल्लाहकारको रुपमा कार्यरत थिए । जानकी मन्दिरमा मार्वल लगाउनेदेखि मुख्यमन्त्री कार्यालयद्वारा भएका पूर्वाधार निर्माण र पोखरी सौन्दर्यकरणमा विवादमा ईञ्जिनियर झा तानिएका हुन् ।

लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गर्नेको संख्या दिनहुँ बढदो छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरको निर्णयबाट सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो सन्तुष्ट छैनन् । ठाकुरकै कारण लोसपा छाड्नेक्रम बढेको कतिपय नेताहरुले आरोप लगाउने गरेका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As&t=4s

Comment


Related News

Latest News

Trending News