जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट महिला नेतृ रिंकु देवी ठाकुर जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छिन् ।
जनकपुरधाममा मंगलबार आयोजित एक कार्यक्रममा जसपाका नेताहरुले धनौजी गापा– १ लखौरी निवासी नेत्री ठाकुरलाई जसपामा स्वागत गरेका छन । धनौजी गापा–५ निर्वाचित वडा अध्यक्ष पंकज मण्ड् लको अध्यक्षता एवं बौद्धिक नेता युगलकान्त चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य बेचन मुखिया, क्षेत्र नं. ३ का नेता जितेन्द्र यादव , संघीय परिषद सदस्य नवीन यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो । जसपा नेपालले धनौजी गाउपालिकाको अध्यक्षमा शुभनारायण यादवको उम्मेदवारी घोषणा गरी सकेको अवस्थामा नेत्री ठाकुरको पार्टी प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=4s

