२०७९ बैशाख ८, बिहीबार ०७:३५

जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिका– ७ फुलवारीटोलका ४० वर्षीय गणेशी महतोमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही ठाउँका सिंह बहादुर पाख्रिनको २२ वर्षीय छोरा उमेश पाख्रिनलाई पक्राउ गरेको छ । पाख्रिनले बैशाख ६ गते बिहान ३ बजेको समयमा बरामदामा सुतिरहेको अवस्थामा पाख्रिनले उनीमाथि खुकरीले प्रहार गरी गंभीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले पाख्रिनको साथबाट घटनामा प्रयोग गरेको धारिलो हतियार खुकुरी लगायतको घरेलु हतियार समेत बरामद गरेको जिप्रका महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए । प्रहरीले पाख्रिनमाथि ज्यान मार्ने मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News