अपडेट 
२०७९ बैशाख ९, शुक्रबार १०:३७

अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्युभएको छ ।

बाल्ख प्रान्तको मजार–इ–शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको मृत्युभएको छ । तालिबान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विस्फोटमा परी घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

कुन्दुजमा भएको अर्को हमलामा चार जनाले ज्यान गुमाएका छन्। त्यहाँ १८ जना घाइते भएको रोयटर्सले जनाएको छ ।

पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह आईएसआईएसले लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News