अपडेट 
२०७९ बैशाख १०, शनिबार १६:२६

नेपालमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुृष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ९८ जना निको भएका छन् । हाल नेपालमा २ सय ८३ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News