अपडेट 
२०७९ बैशाख १२, सोमबार ०७:४७

काठमाण्डु । नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेड अन्तर्गत नेपोभिटटाइल्स नेपालको पहिलो र एकमात्र टाइल्स उत्पादन गर्ने ब्राण्डको रुपमा रहेको छ ।

नेपालमै आकर्षक र गुणस्तरीय टाइल्स नेपाली सर्वसाधारणलाई उपलब्ध गर्ने सोच सहित हायात रेजेन्सी काठमाण्डुमा नेपाली सिनेमा जगतका अभिनेता राजेश हमाल तथा देशभरिको डिलर हरुको उपस्थितिमा आयोजित समारोहबीच नेपोभिट टाईल्स सार्वजनिक गरिएको छ । विदेशी टाइल्सको आयात निकै बढेपछि आफ्नै देशमा उत्पादन गर्न सक्ने क्षमता देखेर नेपोभिट टाइल्सको स्थापना भएको समारोहमा कम्पनीका सञ्चालक शम्भु झाले बताए । समारोहमा अभिनेता हमालले आफू नेपोभिट टाइल्सको सद् भावदूत भएको सार्वजनिक गर्दै नेपोभिट टाईल्सको गुणस्तर, बजारमा प्रभाव अनि यसको अत्याधुनिक कम्पनीले नेपाली उद्योग जगतमा आमूल परिवर्तन हुने बताए । नेपोभिट टाइल्स विश्व प्रतिष्ठित ईटालियन प्रविधिको साथ उत्कृष्ट कच्चापदार्थ प्रयोग गरेर बनेको दाबी छ ।

यस टाईल्सका विभिन्न उत्पादनहरू घरेलु तथा व्यवसायिक भवनहरूमा प्रयोग गर्न सकिने जनाइएको छ । नेपालमै टाइल्स उत्पादन गरेर देशभित्रको माग पूरा गर्दै विदेशी टाइल्सको आयात घटाउनुकासाथै नेपाली उत्पादनलाई विदेशतिर निर्यात गदै वैदेशिक मुद्रा देशमा भित्र् याउने उद्देश्यका साथ यस उद्योगको स्थापना गरिएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News