२०७९ बैशाख १३, मंगलवार ०७:५४

वीरगञ्ज । मधेश केन्द्रित दलहरुको इतिहास मधेश आन्दोलन पश्चातको हो । त्यसमा पनि मधेशको आन्दोलनमा शहीद भएकाहरुको बलिदानीबाट नै मधेशी केन्द्रित दलहरुको जग बसे पनि शहीद परिवारहरु बिच्चलीमा परेका छन् । मधेसी मुदालाई बिर्सिदै गएका मधेश केन्द्रित दलहरुको स्थानीय निकायको प्रतिनिधि चयनमा टाठा बाठा र पैसाबाला परेका कारण शहीदका श्रीमतीसमेत गौण छन् ।

गत स्थानीय चुनावमा वीरगञ्ज महानगपालिकाको वडा नम्बर १६बाट वडा सदस्यमा जिते कि शहीदका श्रीमतीलाई मधेशी दलले टिकट नदिएपछि अन्य दलबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन । विनिता साह कलवार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी छन् । उनले विवेकशील साझा पार्टीको तर्फबाट वडा अध्यक्षमा आइतबार उम्मेदवारी दर्ता गराएकी छन् । जिल्ला समन्वय समिति कार्यालय परिसरमा स्थापना गरिएको महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार दिउँसो पुगेर विनिताले मधेशी दलले टिकट नदिएको कारण अरु दलबाट उम्मेदवारी दर्ता गराएको बताइन् ।

विगतको चुनावमा आफूलाई मधेशी नेताले खोजेर चुनाव लडाएको बताउँदै भनिन्,‘मेयरका उम्मेदवार विजय सरावगीकै गाडीमा शहीद पत्नि हो भन्दै सबैले घुमाए ,नेता प्रदीप यादवले घुमाए मलाई देखाएरै सबैको भोट मांगे,वडा सदस्यमा जितेर ४बर्ष जनताको सेवा राम्रैसंग गरेको छु ,तर अहिले सबैले मलाई बिर्सेछन् ।’ विनिताका पति सोहन साह कलवारको , २०७० सालमा वीरगन्जमा भएको मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । २०७४ सालको पालिका निर्वाचनमा जसपाबाट उनी महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । तर यो निर्वाचनमा जसपाले टिकट नदिएपछि आफू विवेकशील सझा पार्टीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएको बताइन् । मधेशी दलले पहुँच भएको र पैसामा पार्टी प्रवेश गर्ने नयाँलाई टिकट बेचेको र आफू गरिब भएकाले आफूलाई टिकट नदिएको उनको आरोप छ । पतिको शहादतको कारण मधेशी दल छाड्न कठिन भए पनि विवेकशील साझा पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेदवारी बाध्यताको कारण दिएको विनिताले गुनासो पोखिन् ।

Comment


Related News

Latest News

Trending News