धनुषा प्रहरीले जनकपुरधामबाट विभिन्न ब्राण्डको नक्कली मदिरा सहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीको नेतृत्वमा खटेको प्रहरी टोलीले सोमबार साँझ करिब साढे ७ बजे जनकपुरधाम–४ स्थित गणेश साहको घरमा रहेको मदिराउत्पादन गर्ने कारखानामा छापा हानी विभिन्न ब्राण्डका नक्कली रक्सीहरु, आन्तरिक राजश्वबिभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटकोबोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्वकार्यालयले प्रयोग गरि सकेको स्टिकरको पछाडिको कागज फेला पारेको छ ।
यस्तै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमामदिरा लोड गरिएको अवस्थामा पिकअप सहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरीकर्यालय धनुषाले जनाएको छ ।
प्रहरीले पिकअप सहित सिग्नेचर लेखिएको मदिरा ९ कार्टुन, खुल्ला रक्सी १कार्टुन, स्प्रिट ६ कार्टुन, ब्लु डाईमण्ड १ कार्टुन, डार्क फोरेस्ट रक्सी १ कार्टुन, भट्टीचुलो १ थान, ग्यास सिलिण्डर १ थान र भारतिय रकम १३ हजार ३० गरी कुल ३१ लख ७९हजार ६५८ रुपैयाँ बराबरको सामान बरामद गरि आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का ४३ वर्षीय गणेशसाह र वडा न. ११ का चन्दन कुमार साहलाई नियन्त्रणमा लिए थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाकाले जनाएको छ ।

please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As

