अपडेट 
२०७९ बैशाख १५, बिहीबार ११:२२

आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्‍चालनकाे अनुमति दिएकाे हाे ।

यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका हुन् ।  विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएकाे छ ।

प्राधिकरणको यो निर्णयले विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुरमुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As&t=8s

Comment


Related News

Latest News

Trending News