अपडेट 
२०७९ बैशाख १५, बिहीबार १२:२१

आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ हिजोकाेभन्दा मा तोलामा २० रुपैयाँ घटेर  एक हजार तीन सय २० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ७७ डलर आसपास कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News