अपडेट 
२०७९ बैशाख १७, शनिबार १५:४९

नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ६६ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार १ सय ४८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

शनिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

त्यस्तै थप १७ जना कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News