२०७९ बैशाख १७, शनिबार १९:१९

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफना सम्पुर्ण कर्मचारीहरुको उपस्थितीमा चालु आ.व. २०७८/७९को तेश्रो त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

समिक्षा कार्यक्रमको प्रमुख अतिथ्य ग्रहण गर्दे संस्थाका संचालक श्री रविसेन साहज्युले हालको अवस्थामा यस वित्तीय संस्थाले गरेको प्रगती सन्तोषजनक रहेको छ र यस प्रगतीमा मुख्य योगदान दिने सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद दिदै वित्तीय संस्थाको प्रगती भएमा कर्मचारीहरुको भविष्य समेत सुरक्षित रहने भएको हुदाँ कार्यक्रमको गुणस्तरमा बिशेष जोड दिन सुझाव व्यक्त गरेका थिए उक्त कार्यक्रममा तेश्रो त्रैमास सम्मको प्रगती तथा आगामी रणनीति बारे यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले र सम्पत्ती शुद्धिकरण तथा निवारण बारे विभागीय प्रमुख तोयानाथ पोखरेलले कर्मचारीहरुमा जानकारी प्रदान गर्नुभएको थियो । साथै संस्थाले तेश्रो त्रैमास सम्म उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो ।

Comment

Related News

Latest News

Trending News