जनकपुरधाम । जनकपुरधाम मधेश प्रदेशको राजधानी हो । त्यसैले जनकपुरधाम उपमहानगरपालिकाको नृेतत्व लिन राष्ट्रिय पार्टीदेखि स्वतन्त्र उम्मेदवारहरुले कम्मर कसेर लागेका छन् । मधेश प्रदेशमै सबभन्दा बढी उम्मेदवारी जनकपुरधाम उममहनगरपालिकामा परेको देखिन्छ ।
जनकपुरधामको १ सय २७ वटा सिटको लागि १ हजार ९७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जनकपुरधामको प्रमुखमा १२ दल, २९ स्वतन्त्र गरी ४१ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा १० दल र २७ स्वतन्त्र गरी ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो मध्ये शुक्रबार मेयरमा २ जना स्वतन्त्र उम्मेदवार सहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सत्तारुढ पाच दलीय गठबन्धनको भागबण्डामा जनकपुरधाम राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)को भागमा प्रमुख र नेपाली कांग्रेसको भागमा उपप्रमुख परेको छ । जसपाले मेयरमा निर्वातमान मेयर लालकिशोर साह र कांग्रेसले किशोरी साहलाई टिकट दिएको छ । सत्तारुढ गठबन्धनमा भागभण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि कांग्रेस जनकपुरधाम नगरसभापति मनोज साह पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएर स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वतन्त्र रुपमाा उम्मेदवारी दर्ता गराए पनि आफूलाई कांग्रेसी साथीहरुको भरपुर सहयोग रहेको दाबी गर्दै आएका छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसकै निर्मल चौधरी बागी भई उम्मेदवारी दर्ता गराएका छन् । यि दुबै बागी भएपनि कांग्रेस नेतृत्वले दुबै जनालाई उम्मेदवारी फिर्ता लिनका लागि खासै पहल गर्न सकेका छैनन् । दुबै वागी उम्मेदवारहरुले आफ्नो हिसाबले चुनावको तयारी गरिरहेका छन् । कांग्रेसका उपमेयरमा उम्मेदवार किशोरी साहले मनोज साह र निर्मल चौधरी पार्टी छोडि सकेको अवस्थामा कांग्रेसको मत उनीहरुमा नजाने दाबी गरे । गठबन्धन प्रति कांग्रेस ईमन्दार रहेको दाबी गर्दै उनले भने ,‘ केन्द्रले गरि दिएको गठबन्धन प्रति हामी ईमन्दार नै छौ । तर अहिले सम्म उम्मेदवारी स्थानीय स्तरमा गठबन्धनको चुनावी विषयमा कुनै छलफल हुन सकेको छैन । बैठक बसेपछि मात्रै एक अर्कालाई विश्वास गर्ने वातावरण बन्छ र त्यसले एक प्रकारको कार्यकर्तामा सन्देश प्रवाह हुन्छ ।’ यता, मनोज साहले भने,‘ पार्टीमा मेरो ठूलो योगदान छ । तर पार्टीले त्यसलाई सम्मान नगरी यहाँका पार्टीहरुको मनोभावना नबुझि जसपालाई टिकट दियो । जसले कुनै पनि कांग्रेसी खुखि छैनन् । त्यसैले म पार्टी छोडेर उम्मेदवारी दिएको छुँ । मैले पार्टी नै छोडेपछि मलाई मनाउने वा सम्झाउने कुरो पनि आउदैनन् । रह्यो कुरा सहयोग गर्ने त सबैले मलाई सहयोग नै गर्छन भन्नेमा म विश्वस्त छुँ ।’ जनकपुरधामको ईतिहासमा पटक– पटक कांगेसका बागी उम्मेदवारले चुनाव जितेको छ । कांग्रेसबाट बागी भएर वृषेशचन्द्र लाल, बजरंग साह लगायतले यस अघि तत्काली जनकपुर नगरपालिकाको मेयरमा चुनाव जितेको नजीर स्थापित छ । नेकपा एमालेबाट जनकपुरधामको प्रमुख र उपप्रमुखमा बागी उम्मेदवार खडा भएका छन् ।
एमालेले जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवशंकर साह – हिरा) र कांग्रेस परित्याग गरी आएका रुना झालाई उपमेयरको टिकट दिएको छ । तर लामो समयदेखि एमालेमा संलग्न रहेका रामदेव साहले मेयरमा र उमेश चौधरीले उपमेयरमाा उम्मेदवारी दिएर एमालेको बागी बनेका छन् । त्यसैगरी मेयरको उम्मेदवारी लिनकै लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर एमालेमा प्रवेश गरेका जनकपुरधाम–७ निर्वाचन वडाअध्यक्ष जानकी राम साह एमालेको बागी उम्मेदवारको रुपमा देखा परेका छन् । उनी मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । एमालेका मेयरका उम्मेदवार शिवकंशर साह हिराले भने,‘ एमालेका तीन जना बागी भएर पनि पार्टीमा उनीहरुको लगानी शुन्य छ । ति बागिहरुको चुनावमा एमलेलाई कुनै फरक पर्दैनन् ।’‘ यादव र चौधरीसँग भेटर कुराकानी गरेको छँु, साहले भने,‘ तर साहसँग मेरो भेटघाट छैन । पार्टीका केन्द्रीय नेताहरुसँग कुराकानी गरिरहेको छ छैन भन्ने विषयमा मलाई जानकारी छैन ।’ यता, साहले आफू बागी भन्दा पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए । ‘म कुनै पार्टीको बागी भन्दा पनि व्यक्तिगत हिसाबले विभिन्न पार्टीका लगाव भएका साथीहरुको सहयोगमा उम्मेदवारी दिएको छँु, उनले भने ।
यता, लोसपाका उम्मेदवार मनोज चौधरीले भने,‘ जानकी राम साह लोसपा हुँदा उनी पनि मेयरका अाँकाक्षी थिए । तर पार्टीलाई मलाई नै टिकट दिए पनि उनी एमालेमा गरे र एमाले पनि टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । यस्तो उनलाई लोसपाको नभइ एमालेको बागी उम्मेदवार भन्नु पर्छ ।’ त्यसैगरी लोसपाले टिकट नदिए पछि तराई मधेश लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवारी दिएकी विभा ठाकुरले लोसपा पार्टीका कार्यकर्ताहरुको आफ्नो समर्थन रहेको दाबी गरेकी छिन् । यसरी जनकपुरधामको प्रमुख पदका उम्मेदवारहरुलाई बागीहरुले चिन्ता बढाई दिएको छ । बागी उम्मेदवारहरु जनकपुरधाम उच्च रहेपनि प्रमुख दलका शीर्ष नेताहरुले ति समस्या ध्यान नदिएको देखिन्छ ।
please subscribe and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=16s

