२०७९ बैशाख १९, सोमबार ०७:३६

जनकपुरधाम । सरकारले आगामी ३० गते निर्वाचनको समय तोकेको सन्न्दर्भमा विभिन्न राजनीतिक दलहरुले आ–आफ् नो उम्मेदवारी दर्ता गराई प्रचार प्रसारमा होमिएको अवस्थामा उम्मेदवारहरुमा नैराश्य अहिले देखि नै थालेको छ ।

धनुषा जिल्लाको मिथिला नगरपालिकामा नेकपा भित्र यस्तै अवस्था देखिएको छ । निवर्तमान मेयर हरिनारायण महतोलाई टिकट नदिएको आवेशमा उनका समर्थकहरुले पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठलाई मानमर्दन गरेका छन् । आइतबार लालगढ स्थित पुकार होटेलमा बसेको चुनाव परिचालन कमिटीको बैठकमा अचानक एमाले केन्द्रीय सचिव रघुवीर महासेठको आगमनपछि विवाद भएको हो । नेता महासेठको आगमनपछि निवर्तमान मेयर महतो पक्षका असन्तुष्ट कार्यकर्ताले चर्को विरोध गर्दै कालोमोसो दल्नेसम्मको मानमर्दन गरेपछि विवाद भएको बैठकमा सहभागी एक नेताले बताए । विवादमा हातहालाहालको अवस्था सृजना भएपछि बैठक स्थगित गरिएको थियो । बाहिरबाट हरिनारायण पक्षका समर्थकहरु पुगेपछि सो स्थलमा तनाव सिर्जना भएको थियो । ‘टिकटमा चलखेल गर्ने रघुवीर महासेठ किन कमिटीको बैठकमा आए, कालोमोसो गर्नु पर्छ लगायतका नाराबाजी गर्न थालेपछि विवाद भयो । यस क्रममा हात हालाहालको अवस्था सिर्जना भएपछि बैठक स्थगित भयो’ ती नेताले भने । एमाले नगर कमिटी, प्रदेश क्षेत्रले मेयर पदको उम्मेदवारका लागि हरिनारायणको एकल सिफारिस गरेको थियो । तर, हरिनारायणलाई पाखा लगाएर मनोनयन दर्ताको अन्तिम दिन टिकट राजाराम महतोलाई एमालेले दिएको थियो । यसको विरोध गर्दे हरिनारायणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पछि केपी शर्मा ओलीले व्यवस्थापन गर्ने आश्वासन दिएपछि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका थिए ।



हरिनारायणको भएको सिफारिस निर्णयलाई राजारामको नाम राखेर पुरानै मितिमा निर्णय गर्न खोजेपछि विवाद भएको नगर कमिटी सदस्य कामेश्वर महतोले बताए । चुनावको तयारीका लागि रामकुमार महतोको संयोजकत्वमा एमालेले मिथिला नगरपालिकामा ५ सय १ सदस्य चुनाव परिचालन समिति गठन गरिसकेको छ । विवाद स्थलमा हरिनारायणसमेत पुगेका थिए । केन्द्र सरकारले मिथिला नगरपालिकाको ढल्केवरमा ट्रामा सेन्टरकोलागि बजेट छुट्टियाइए पनि रघुवीर महासेठले त्यो सेन्टर लालगढमा राख्नुपर्ने निर्देशन दिएको र त्यो सफल हुन नसकेपछि दुवै जनाबीच मनोमालिन्यको अवस्था सिर्जना भएको थियो । हुनत तत्कालीन मेयर हरिनारायणले लालगढमा ट्रामा सेन्टरका लागि अत्यधिक प्रयास गरेका थिए तर, स्थानीयवासीको दबाबका कारण उनी ट्रामा सेन्टर लालगढ लग्न सकेका थिएन् । लालगढमा महासेठको जग्गा स्थित त्यो ट्रामा सेन्टर खोल्न र आफ्नो जग्गाको मूल्यांकन बढाउन असफल भएका महासेठले त्यो रिस भने अहिले निर्वाचनको टिकट नदिएर साधेका छन् । हुनत हरिनारायणले त्यो निर्णय सच्याएपछि नगरक्षेत्रमा आफ्नो लोकप्रियता बचाएका थिए उनका समर्थकहरुले महासेठलाई गरेको व्यवहारले उनी आफै दुखी भएको बताए । मिथिला नगरपालिकाका जनता महासेठवाट रुष्ट रहेको बताउँदै नेता हरिनारायण महतोले जनताको इच्छा विपरीत टिकट बाटफाँडले उनीहरुको रिसको शिकार भएको प्रतिक्रिया दिए ।

please follow us for more news and information.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News