अपडेट 
२०७९ बैशाख २३, शुक्रबार ०७:३३

जनकपुरधाम । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनी वि.स.२०५८ साल २१ गते स्थापना भइ बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको लाइफले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव समेत मनाएको छ । बार्षिकोत्सवको अवसरमा कम्पनीका पदाधिकारीहरुले देशका कुनाकन्दरासम्म बीमाको पहुँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै मानिसको मुहारमा मुस्कान छर्न कम्पनी सफल भएको दाबी गरे । वक्ताहरुले पीडामा मलम लगाउन सफल भइ देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको बताए । सो अवसरमा नेपाल लाइफले देशभरि विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा वृहत रक्तदान कार्यक्रमको आयोजना पनि गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३ सय २ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ । सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरेको छ ।

कम्पनीको प्रधान कार्यालय तथा विभिन्न क्षेत्रीय, शाखा, उप–शाखा कार्यालयले वार्षिकोत्सवलाई भव्य बनाउन अन्य गतिविधि तथा कार्यक्रमहरु गरिएको कम्पनीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News