२०७९ बैशाख २३, शुक्रबार ०७:३५

मलंगवा । मलंगवा नगरपालिका–७ मुसैलीको वडाअध्यक्ष पदका प्रत्याशी इशा मिकरानीले अमूल्य मत दिएर जिताउने जनताको नोकर (कर्मचारी ) काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विहीबार आयोजित घरदैलो कार्यक्रममा उनले जनताको कामका लागि दिनरात खट्नु पर्ने भएकोले जनताले आफूलाई जिताएर वडाअध्यक्षको जिम्मेवारी दिएको खण्डमा आफ्नो कार्यकालभरि नै वडा कार्यालयमै बसेर दिनरात सेवा गर्ने बताए । यसअघि उनी एउटा समाजसेवीको रुपमा वडाको विकास तथा जनहितको काममा सक्रियताका साथ काम गर्दै आएका छन् । उनले वर्षाको समयमा हिलो र पानीको समस्याबाट पीडित हुँदै आएका मुसैलीका गरिब,विपन्न र दलित समुदायको वसोवास रहेको वस्तीमा नगरपालिकाबाट बजेट माग गरी ग्रेभलिंग गराउनुका साथै गणेशियामा सामुदायिक धर्मशाला निर्माण गर्न जग्गा खरिद,मुसैलीमा केही मठमन्दिरको निर्माण तथा जिर्णौद्धार लगायतका कामहरु गरेको स्थानीयवासीहरु बताउँछन् ।

यसअघि आफूहरुले नै जिताएर वडाअध्यक्ष बनाएको निवर्तमान वडाअध्यक्षले साढे चार वर्षको अवधिमा नगरेका कामहरु इशा मिकरानीले एउटा साधारण समाजसेवीको रुपमा गरेर देखाएकोले यसअघिको चुनावमा प्रतिनिधि चुन्नमा जुन गलती भएको थियो त्यो पुनः नदोहो¥याउने र जनताको हितको लागि निस्वार्थ रुपमा काम गर्दै आएका इशा मिकरानी तर्फ मतदाताहरु आकर्षित रहेको देखिएको छ । घरदैलोमा उनलाई मतदाताहरुले ठाउँ ठाउँमा स्वागत गर्ने गरेका छन् । दुई दशक भन्दाबढी समयदेखि सक्रिय रुपमा समाजसेवा गर्दै आएका मिकरानी अनुशासन,पारर्दिर्शता र दूरदर्शितालाई सदैव आत्मसात गर्दै आएको बताए ।

Comment


Related News

Latest News

Trending News