२०७९ बैशाख २३, शुक्रबार ०७:४३

विद्यार्थीकाल देखि नै निरन्तर राजनीतिमा लागे । पटक पटक जेल पुगे पनि आफ्नो लक्ष्य पाउनका लागि उहाँ एक कदम पनि पछाडि पारेन् । राजतन्त्रको विरुद्ध लड्न उहाँ अलिकता पनि हिचकिचाएन् । विद्यार्थीकालमा पढाईसंगै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरे । राम स्वरुप राम सागर बहुमुखी, जनकपुरधामको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा पनि निर्वाचित भए । पछि ट्रेड युनियनको सभापति हुँदै तत्कालीन जनकपुर नगरपालिकाको मेयरमा पनि निर्वाचित भए । गत स्थानीय तहको निर्वाचनमा उनी जनकपुरधाम उप–महानगरपालिकाका मेयरमा विजयी भए र साढे चार बर्षको कार्यकालमा जनकपुरलाई जनकपुरधाम बनाउने देिख लिएर दुईपटकको कोरोना महामारीमा समेत जनकपुरधामबासीलाई बिच्चलीमा पर्न दिएन् । उहाँ निर्वाचित भएर आएपछि लथालिङ्ग परेको एडिवि परियोजना कार्यान्वयन देखि लिएर जनकपुरधामको सौन्दर्यकरण, विकास निर्माणसमेतले तीव्रता पायो । कहिले कर्मचारी लगाएर त कहिले आफै झाडुलिएर सडकमा उत्रे । विरोधीहरु विरोध गर्दैगर्दा समेत उहाँ निरन्तर जनताले दिएको म्याण्डेटलाई पूरा गर्न लागि परे । जनकपुरधाम उप–महानगरपालिकाका निवर्तमान मेयर तथा पाँचदलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहसंग जनकपुर टुडेकालागि संजीवकुमार झाले गरेको कुराकानीको सम्पादित अंश :

प्र. फेरि निर्वाचनमा भाग लिनु भो कस्तो छ अवस्था ?

– मैले भनेर अवस्था राम्रो वा खराव हुने त होइन् । जनताको हातमा छ । जनता जे चाहन्छ त्यो हुन्छ ।

प्र. रुष्ट छन् जनता तपाई बाट, जनताले चाहेका कुराहरु गर्न सक्नु भएन्, फेरि तपाईलाई नै किन मत हाल्छ त ?

– म यो मुद्दा लिएर नै जनता समक्ष छु । जनताले चाहेका यस्ता कुन काम छ जो मैले गर्न सकेन् ? हो केही व्यक्तिले चाहेका कुरा गर्न सकिएन् । ती व्यक्तिहरुले मलाई अपराधी सावित गर्न आतुर छन् । उनलाई ठेक्का परेन,त्यस कारण उनलाई उप–महानगरवाट हुने काममा सहभागी गराउन सकिन त्यसैले उनीहरु रुष्ट छन् तर, ९० प्रतिशत जनताले चाहेका काम मैले पूरा गरेर दिएको छु । हामी जितेर आउँदाको अवस्था र अहिलेको अवस्थामा जनकपुरधाममा व्यापक परिवर्तन भइसक्दा पनि ती १० प्रतिशत व्यक्ति ९० प्रतिशतमाथि हावी हुनु चिन्ताको बिषय छ ।

प्र. जनता भन्छन्–‘लालकिशोर साहको बोली र व्यवहारमा समेत फरक आइ सक्यो’ त्यस्तो हो ?

– सरासर गलत आरोप हो । मेरो साढे ४ बर्षको कार्यकाल भन्दा पहिला म एउटा सामान्य राजनीतिकर्मी थिए । त्यतिवेला मलाई त्यति जिम्मेबारी थिएन् । तर, मलाई यहाँका जनताले जिम्मेबारी दिएपछि त्यो जिम्मेबारी पूरा गर्नु पर्यो कि परेन ? जिम्मेबारी पूरा गर्दागर्दै हुन सक्छ कसैको फोन उठेन वा कोही कार्यालय वा घरमा भेट्न आ�