अपडेट 
२०७९ बैशाख २४, शनिबार १०:३९

इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले  पराजित गरेको छ  ।

शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।

गुजरातका लागि रिद्धिमान साहले  सर्वाधिक ५५ रन तथा  सुबमन गिलले ५२ रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए । त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल  तयार पा(यो।

मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । यस्तै, टिम डाभिड ४४ र कप्तान रोहित शर्माले ४३ रन बनाए ।  गुजरातका राशिद खानले २ विकेट लिए । जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ ।   पराजित गुजरातले ११ खेलमा १६ अंक जोडेर  शीर्ष स्थानमा यथावत छ ।

Comment


Related News

Latest News

Trending News