अपडेट 
२०७९ बैशाख २४, शनिबार १७:५१

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ४ सय २० पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार २ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ६८ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News