अपडेट 
२०७९ बैशाख २६, सोमबार १२:१६

रामभरोस कापडि़ भ्रमरद्वारा लिखित नवीनतम पुस्तक मिथिलाक लोक जीवनः लोक सन्दर्भको विमोचन गरिएको छ । सोमबार जनकपुरधाममा आयोजित एक समारोह बीच नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गरे ।

मैथिली भाषाका बरिष्ठ साहित्यकार रामभरोस कापडि़ भ्रमर नेपाल प्रज्ञा प्रतिष्ठानमा २०६६–६७ मा सहकर्मीको जिकिर गर्दै उनले भने ,‘जहाँ उहाँको सांगठनिक र लेखन क्षमताबाट अफू निरन्तर प्रभावित हुंदै गरेको थिएं ।’

‘एकचोटी चीन भ्रमयाको बेला पर्कि आए पछि हामी लेख सम्म लेख्न नभ्याउदा उहाँ केही दिनमा यात्रा संस्मरणको पुस्तक नै लइाई दिनु भए पछि हामी छक्क परेका थियौं । यो उहाँको रचनात्मक क्षमतालाई दर्शाउछ ।’–उनले प्रष्ट गरे ।

कुलपति उप्रेती अहिले बिमोचित पुस्तक मैथिली साहित्यको धरोहरको रुपमा मानिने आशा व्यक्त गर्दै आफ्नो पचास बर्षको साहित्यिक यात्राको क्रममा आएको यो उनको पचासौ कृति जिज्ञाशुहरुको जिज्ञाशा शान्त गर्नेमा सफल हुने विश्वास व्यक्त गरे ।

मैथिली साहित्य उत्सव नेपालका अध्यक्ष एवं पुस्तकका लेखक रामभरोस कापडि भ्रमरको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मिथिला सेन्टर, अमेरिकाद्वारा प्रकाशित ’ मिथिलाक लोकजीवन ः लोक सन्दर्भ ’ पुस्तक र ’ पाँच दसकक साहित्यिक यात्राक अथक यात्रीःभ्रमर ’ नामक पुस्तिका लोकार्पित भएको थियो ।

पुस्तक सम्बन्धी लेखकीय मन्तव्यमा लेखकले आफ्नो अन्ठावन बर्षको साहित्यिक यात्राको ओरालो उकालो प्रसंग सुनाउँदै मेरा पाठक हरु नै मेरो उर्जाका श्रोत रहेको बताए ।

’भ्रमरको पाँच दसकक साहित्यिक यात्राको लेखाजोखा’ दरभंगाका समालोचक चन्द्रेशले प्रस्तुत गरेका थिए भने लोकार्पित पुस्तक बारेमा वरिष्ठ साहित्यकार÷समालोचक डा. भीमनाथ झा (दरभंगा) , समालोचक डा. रामानन्द झा रमण (पटना), समालोचक डा. भोगेन्द्र झा (जनकपुरधाम) ले समीक्षा गरेका थिए ।

शुभकामना मन्तव्यकै क्रममा साहित्यकार/ भाषा अभियानी प्रवीण नारायण चौधरी (विराटनगर) लेखिका करूणा झा (राजविराज) ,कवि– नाटककार अशोक झा (कोलकाता) , अधिवक्ता/कवि युगल किशोर लाल र वरिष्ठ साहित्यकार डा. रेवतीरमण लाल (जनकपुरधाम) र मिथिला सेन्टर, अमेरिकाक प्रमुख सलाहकार सी. ए. नवल यादव आफ– आफ्नो मन्तव्य प्रकट गर्दै मैथिली साहित्यमा भ्रमरको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा युगल किशोर लाल र प्रमुख अतिथिलाई सम्मान दोशाला ओढाई सम्मान गरिएको थियो । साहित्यकार प्रेम विदेहको संचालनमा भएको उक्त कार्यक्रमको आरम्भमा गायक नवीन मिश्रले जय जय भैरवि– गोसाउनि गीत गाएका थिए । अतिथिहरुको स्वागत गर्दै कथाकार÷ पत्रकार नित्यानन्द मंडलले लेखकको मैथिली भाषाप्रतिको समर्पणको राम्रो तसबीर प्रस्तुत गरे । कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, प्रदेश संचार प्राधीकरणका अध्यक्ष श्याम सुन्दर यादव, विद्यापति पुरस्कार कोषका पूर्व अध्यक्षत्रय अयोध्यानाथ चौधरी, रामसागर पंडित, रामचन्द्र यादव, साहित्यकार रोशन जनकपुरी,दिगम्बर झा दिनमणि,विनोदचन्द्र झा, सुदर्शन लाल कर्ण, श्यामसुन्दर शशि, अरविन्द कुमार यादव, शैक्षिक तालिम केन्द्रका पूर्व प्रशिक्षक उमेश लाल कर्ण,गायक एवं प्र. अ. सुनिल कुमार मल्लिक, साहित्यानुरागी ई. सत्य नारायण साह,अमर चन्द्र अनिल,असलम राइन सहित उल्लेखनीय भाषा अभियानी, साहित्यकार, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News