अपडेट 
२०७९ बैशाख २७, मंगलवार १०:५९

डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी मिति २०७९ बैशाख २६ गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी ले रिवन काटेर शोरुम को समुदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा वोल्दै सेल्स म्यानेजर सुबेदीले ६ महिनाको छोटो अबधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढि सन्तुष्ट ग्राहक रहेको र डिश होम फाइबर नेट प्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताउनु भयो ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्स ले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताउनु भयो ।

डिशहोम फाइबरनेटको नयाँ कनेक्सन, डिशहोम जडान, डिशहोम सम्बन्धित सम्पूर्ण सेवाको लागि सम्पर्क नम्बर 986726990

 

Comment


Related News

Latest News

Trending News