२०७९ बैशाख २८, बुधबार ०७:४८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई जनमत संग्रह जस्तै रहेको बताएका छन् ।

बाराको जीतपुरमा आयोजना गरिएको पाँच दलीय गठबन्धनको चुनावी सभामा अध्यक्ष प्रचण्डले नेकपा एमालेले गरेको गठबन्धनलाई संविधान उल्ट्याउँने ,संघीयता विरोधी र राजतन्त्र ब्युताउँने शक्तिहरुबीचको गठबन्धन रहेको टिप्पणी गरे । उनले एमालेका अध्यक्ष ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामी गठबन्धनको रुपमा व्याख्या गर्दै त्यसलाई पराजित गर्नका लागि प्रगतिशील पाँच दलीय गठबन्धनको उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।

सात दशक लामो सङ्घर्षपछि उपलब्ध भएको उपलब्धिहरुको रक्षाका लागि भएको पाँच दलीय गठबन्धन स्थानीय ,प्रदेश र संघको निर्वाचन सम्मका लागि मात्र नभइ देश निर्माण ,राजनैतिक स्थिरता र देशलाई समृद्धितर्फ लैजान सम्मका लागि भएको प्रष्ट पारे । ज ी त प ु र िस म र ा उपमहानगरपालिकामा एमाले नेतृत्वको सरकार असफल भइसकेकाले पाँच दलीय गठबन्धनका मेयर पदका उम्मेदवार राजन पौडेल र उपमेयर पदमा मेघा शाहीलाई जिताउन अनुरोध गरे ।

Comment


Related News

Latest News

Trending News