दुई वर्षअघि प्रेम विवाह गरेकी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ११ कि १९ वर्षिया मनिषा कुमारी साह बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
ससुराली पक्षले सामान्य घरायसी तनावमा आवेशमा आइ आत्महत्या गरेको जनाइ रहँदा माइती पक्षले हत्या भएको आरोप लगाएका छन् । माइती पक्षले घटना सुनियोजित भएको भन्दै उच्चस्तरीय छानबिनको माग समेत गरेका छन् । बुधबार नै माइती पक्षले मृतक मनिषाका पति २३ वर्षीय विकास पण्डित, ५२ वर्षीया सासु ललितादेवी पण्डित र ५४ वर्षीय ससुरा हरिदेव पण्डित विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिँदै घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाहीको माग गरेका छन् । “घटनास्थलको अवस्था र छोरी मनिषाको शरीरको विभिन्न भागमा देखिएको चोटपटकको निशानले त्यो आत्महत्या नभइ हत्या भएको हो, मृतककी आमा ललितादेवी साहले भनिन्, सत्यतथ्य बाहिर आउनका लागि उच्चस्तरको छानबिन हुनुपर्छ ।” उनले घटनास्थलबाट शव निकालेर अस्पताल पु¥याउँदा छोरीको शरीरको विभिन्न भागमा गहिरो चोटपटकका दागहरु देखिनु आत्महत्या नभएर हत्या नै भएको संकेत भएको बताउँदै आत्महत्या भएको देखाउने मनसायले झुण्ड्याइएको दाबी समेत गरिन् । मृतकका मामा केशवले मंगलबार राति १२ बजेतिर मनिषाको ससुराली पक्षबाट मनिषाले झुण्डिएर आत्महत्या गरेको भनी फोनबाट जानकारी प्राप्त भएको बताए ।
सप्तरीको रुपनी गाउंपालिका–३ माइत भएकी मनिषाको दुई वर्षअघि विकास सँग प्रेम विवाह भएको थियो । राजविराजस्थित एक कलेजमा पढ्दै गर्दा दुबैबीच गहिरो प्रेम सम्बन्ध स्थापित भएपछि दुबै जना भागि प्रेम विवाह गरेका थिए । मनिषाकी आमा ललिताले उक्त प्रेम विवाहबाट विकासका अभिभावक असन्तुष्ट रहेको तथा पटक पटक छोरीलाई शारीरिक र मानसिक यातना दिन थालिएको बताउँदै पछिल्लो दुई महिना यता छोरीसँग फोनमा समेत कुराकानी गर्न नदिइएको ससुराली पक्षमाथि आरोप लगाइन् । घरको वातावरण बारे बाहिर कुरा ल्याउँछस भन्दै छोरीसँग भएको मोबाइल पनि उनीहरुले खोसे, ललिताले रुँदै सुनाइन् । उनले न्यायका लागि पहल गरिदिन संचारकर्मी र अधिकारकर्मीसँग आग्रह समेत गरेकी छन् । यता मृतक मनिषाका ससुरा हरिदेव पण्डितले उक्त आरोप निराधार भएको दाबी गरेका छन् । “मनिषालाई म छोरी जस्तै मान्थे, उनले भने “यस्तो जघन्य अपराध गर्ने कल्पना पनि गर्न सकिन्न् ।” उनले घटनाका राति छोरा विकास एक जना साथीको विवाहमा गएको र आफू पनि एक जना उम्मेदवारको पक्षमा चुनावी प्रचार प्रसार गरि घर फर्किदा उक्त दुःखद घटना बारे जानकारी पाएको बताए ।
मनिषाको दुई महिनाको बच्चा पनि छ । म आउँदा उनी रुदै गरेको र मनिषा सुतेको कोठाभित्रबाट ढोका बन्द हुँदा परिवारका अन्य सदस्य मिली ढोकामा बल लगाएर खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेको ससुरा हरिदेवले बताए । जिल्लाका प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले घटनाको सुक्ष्म अनुसन्धान थालिएको बताए । उनले मनिषाको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याई पु¥याई अनुसन्धान सुरु गरिएको जानकारी दिँदै भने,‘मृतकको पोष्टमार्टम प्रतिवेदन र घटनाको अन्य पाटोको भइरहेको अनुसन्धान प्रक्रिया सकिएपछि सबै सत्यतथ्य बाहिर ल्याउने छौं ।’
please subscribe our official youtube channel below. and support us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=1s

