अपडेट 
२०७९ बैशाख २९, बिहीबार १७:१८

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४ सय ६३ पिसिआर परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ३ सय ५४ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ५७ जना निको भएका छन् । हाल नेपालमा १ सय ७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News