२०७९ बैशाख ३०, शुक्रबार ०७:१६

जीतपुरसिमरा उपमहानगरपालिका– ८ रमौलीमा मतदाता रिझाउन साडी बाँड्न लागेको भन्दै एक महिलामाथि दुव्र्यवहार गरेका छन् ।

यही जेठ १२ गते हुन लागेको छोराको बिहेको लागि साडी किनेर जान लागेकी बर्ष ४२ की कलैही देबी सहनीले किनेको साडी खोसेर एमालेका कार्यकर्ताहरुले दुव्र्यवहार गरेको बताइएको छ । एमालेबाट वडा अध्यक्षका प्रत्याशी शिवशंकर महत्तो लगायतको टोलीले आफूमाथि दुव्र्यवहार गरेको कलैही देबीले आरोप लगाएकी छिन् । लोसपाका कार्यकर्ताहरुले साडी बाँडेको आरोप लागे पछि त्यहाँ लोसपा र एमालेका कार्यकर्ता बीच एकछिन झड्प समेत भएको थियो । मतदतालाई आफूतिर आकर्षित गर्ने उद्देश्यले लोसपाको कार्यकर्ताले साडी बाँडेको आरोप एमालेको कार्यकर्ताहरुको छ । महिलाले साडी माथि घाँस राखि लुकाइ छिपाइ लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउँ गरेको एमालेका कार्यकर्ताहरु आरोप लगाएका छन् ।

घट्ना सुनेर गएको प्रहरीलाई रोक्न केही व्यक्तिले साङ्गुरो बाटोमै टाटा सुमो गाडी तेर्साएर रोकेका थिए । ईलाका प्रहरी कार्यालय सिमराले उक्त घट्ना सुन्नेबित्तिकेै त्यहाँ पुग्दा मानिसहरु एक आपसमा झै झगडा गर्न खोजेको तर कुनै किसिमको साडी त्यहाँ फेला नपरेको जनाएको छ । प्रहरीले बाटोमा राखिएको टाटा सुमो नियन्त्रणमा राखी ईलाका प्रहरी कार्यालय जीतपुरमा राखेको छ । दुव्र्यवहार भोगेकी महिला लोसपाका जिल्ला सदस्य तरुण सहनीको भाउजुको नातामा पर्ने बताइएको छ ।

Please Subscribe our official youtube channel And Support Us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g

Comment


Related News

Latest News

Trending News