अपडेट 
२०७९ बैशाख ३०, शुक्रबार १६:५९

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ४८ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २ सय ८९ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ७३ जना निको भएका छन् । हाल नेपालमा १ सय ६४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News